Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

देश चार नेताको सिण्डिकेटमा : सिके राउत

चारजना नेताहरूकै कारण भ्रष्टचारका काण्डहरू सेलाएर जान्छ

खबरडबली संवाददाता

भक्तपुर । जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुक चार राजनीतिक दलका शीर्ष नेताहरूले अधिनमा रहेको आरोप लगाएका छन् । जतिसुकै ठूला देश डुवाउने भ्रष्टाचार भए पनि चार नेता मिलेपछि त्यो सामसुम हुने गरेको उनको भनाई थियो । यसका लागि उनीहरुले न्यायालयदेखि सबै ठाउँंमा सेटिंग मिलाइराखेको उनको आरोप थियो ।

रफत सञ्चार क्लब भक्तपुरले सोमबार यहाँ आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले भने, 'यो मुलुकका चारजना नेताहरू एक ठाउँमा बसेपछि जतिसुकै ठुल्ठूला भ्रष्टचारका काण्डहरू पनि सेलाएर जान्छ । यी चार नेताकै कारण गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने नैराश्यपूर्ण धारणाविकास भएको हुन गएको हो ।'

 उनले समसामयिक राजनीतिक अवस्थाको विश्लेषण गर्दै भने, 'जनता राजनीतिक परिवर्तनका लागि लालायित छन् । उनीहरू वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट आजित भइसकेका छन् । यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वाभाविक हुन आउँछ ।'

उनले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा भने, 'हिजो राष्ट्रियसभा अर्कै प्रयोजनका लागि परिकल्पना गरिएको भएतापनि अहिले राष्ट्रियसभा भनेको जनताले परित्याग गरेका व्यक्तिहरूलाई पठाउने थलो बनाइएकाले जनता सन्तुष्ट हुन नसेको हो, यो असन्तुष्टिको छनक सामाजिक सञ्जालमा देख्न सकिन्छ ।'

अध्यक्ष राउतले सत्तागठबन्धनको छलफलमा राष्ट्रियसभामा आफ्नो पार्टीलाई स्थान दिन सिन्डिकेटवादी पार्टीहरूले नमानेपछि जनमत पार्टीले मधेश र लुम्बिनी प्रदेशमा सांकेतिक रूपमा उम्मेदवारी दिएको बताए । उनले भारतीय विदेशमन्त्रीको हालैको नेपाल भ्रमणको चर्चा गर्दै भने, 'भारतलाई नेपालले जुन १० हजार मेगावाट बिजुली नियार्त गर्ने सम्झौता छ त्यसबाट जलविद्युतमा लगानी गर्ने नेपाली व्यापारीहरू बजार सुनिश्चितताका कारण उत्साहित हुने अवस्था आएको छ । मेरो विचारमा यो सम्झौता नेपालको आर्थिक विकासमा महत्वपूर्ण कदम हुनेछ ।'

अध्यक्ष राउतले भारतीय दूतावासले नेपालका सामाजिक क्षेत्रमा २० करोड रुपैयाँ खर्च गर्न पाउने प्रावधानमा नेपाल सरकारको सहयोग र सहभागिता रहने भएकाले यसलाई विवादास्पद बनाउनुको पछाडि कुनै तुक नरहेको बताए ।
उनले भने, 'नेपालमा एकथरीले भन्ने गरेका छन्, भारतीय राजदूतावासले सिर्फ तराई–मधेशमा मात्र लगानी गर्छ भन्ने जुन भ्रम छ, त्यसलाई स्पष्ट पार्न भारतीय दूतावास स्वयंले विगतमा हिमाल, पहाड र तराई क्षेत्र कहाँ–कहाँ कति–कति लगानी गर्‍यो ? त्यो आँकडा सार्वजनिक गरियोस् । र यो लगानीका सम्बन्धमा नेपाल सरकार आफैं चनाखो रहनु पर्दछ ।'

राउतले मधेशका शोषित, उत्पीडित जनताले उनीहरूले न्याय र समान अवसर पाउन सकून भनेर आफ्नो पार्टीलाई विश्वास गरेकाले उनीहरूको माग र आवाजलाई सत्तामा बसेर ९सर्भिस डेलिभर० सम्बोधन गर्न सकिन्छ भन्ने विचारका साथ आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएको बताए । उनले अन्य नयाँ राजनीतिक पार्टीसँगभन्दा जनताले जनमत पार्टीलाई फरक ढंगले अपेक्षा गरेकाले आफ्नो पार्टी विगतको वाचा र बन्धनलाई बिर्सेर अगाडि नबढ्ने पनि स्पष्ट पारे ।

उनले आफ्नो पार्टीले हालै आयोजना गरेको राष्ट्रिय धोती दिवसमा सरकारले दमन गरेको त्यसको विरोध गर्दै भने, 'राष्ट्रिय धोती दिवस मनाउने सिलसिलामा वर्तमान सरकारमा सामेल मन्त्रीसहित अन्य नेता कार्यकर्तालाई सरकारले पक्राउ गर्न मिल्छ भने जनमत पार्टीले विरोध गर्न किन मिल्दैनरु त्यसैको उपक्रम हो जनवरी १ को प्रदर्शन ।

उनले मुलुकमा गणतन्त्र स्थापना भइसकेपछि जनवरी १ लाई राष्ट्रिय पोशाक दिवस मनाउने भन्ने पात्रोमा उल्लेख गरेअनुसार नेपालजस्तो बहुजाति देशमा औपचारिक पोशाक निर्धारित नगरिएको अवस्थामा विगत २०७०–७१ सालदेखिनै राष्ट्रिय धोती दिवस मनाउँदै आएको बताउँदै धोती दिवस साम्प्रदायिक सद्भावविरुद्ध हुँदै नभएको स्पष्ट पारे ।

अध्यक्ष राउतले एक प्रसंगमा भने, 'मिसन ०८४ मा पनि यीनै सिन्डिकेटवादी पार्टीको वर्चश्व रहने र केही भयो भने १०–२० सिट तल माथि होला तर राजनीतिक अवस्थामा परिवर्तन आउने छैन । यस्तो अवस्थामा जनताका माग सम्बोधन हुने छाँटकाँट देखिँदैन् । त्यस्तो अवस्थामा जनता परिवर्तन खोज्न बाध्य हुनेछन् । हालैको बालकुमारी घटना पनि जनताको राजनीतिक तथा आर्थिक असन्तुष्टिको परिचायक हो जस्तो मलाई लाग्दछ ।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बारा–४ का उम्मेदवार गुप्ताद्वारा जिल्ला सभापतिसहित सात जनामाथि कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवमाथि कारबाहीको माग गरेका छन्। ...

जेनजी आन्दोलनका घाइतेलाई अन्तिम पटक वर्गीकरणको अवसर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक अवसर प्रदान गरेको छ।...

सुनको मुल्य तोलामा ७ हजार ८ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७,८०० रुप...

हावाहुरीको पूर्वानुमानपछि डुडुवाका विद्यालयमा शुक्रबार सार्वजनिक बिदा

नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ। जल तथा मौसम विज्ञ...

प्रादेशिक अस्पतालमा लापरवाही हटाउन रास्वपाको ज्ञापनपत्र

लहान। लहानस्थित रामकुमार शारडा–उमा प्रसाद प्रादेशिक अस्पतालमा भइरहेको लापरवाही र अनियमितता हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले अस्पताल विकास...

खैरेनी–भार्से सडक चैत १९ गतेसम्म बन्द

गुल्मी। गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ् सडक खण्डअन्तर्गत खैरेनी बजार क्षेत्र सडक पूर्ण रुपमा बन्द गरिएको छ। बिहीबारदेखि चैत १९ गतेसम्म खैरेनी बज...

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: