काठमाडौं। गभारो किरोलाई गोलभेँडाको प्रमुख शत्रु मानिन्छ । यसले कपास, चना, रहर, गोलभेँडा लगायत १ सय ८० भन्दा बढी बिरुवाहरूमा आक्रमण गर्ने गर्दछ ।
यो किरोले गोलभेँडाको उत्पादन र गुणस्तरमा ६० प्रतिशत सम्म नोक्सानी पु-याउने वरिष्ठ बाली संरक्षण अधिकृत राजीव दास राजभण्डारीले बताए । उनका अनुसार गर्मी समयमा खेती गरिएको गोलभेँडामा यो किरोले धेरै क्षति गर्दछ ।
कसरी चिन्ने गभारो ?
लार्भाहरूको रङ्ग सामान्यतया सानो छँदा हल्का हरियो भई उमेर बढ्दै जाँदा यिनीहरूको रङ्ग हल्का खैरो हुने उनले उल्लेख गरेका छन् । तर आहार र वासस्थान अनुसार लार्भाको रङ्ग परिवर्तन हुने गर्दछ ।
राजभण्डारीका अनुसार लार्भाको साइज सानोदेखि मध्यम आकारको (झन्डै ३–४ से.मी.) र शरीरको माथिल्लो भागमा दुवै पट्टि छेउमा बीच–बीचमा मधुरो खैरा धर्साहरू र शरीरमा रौँ जस्ता उपाङ्गहरु हुन्छ ।
खैरो रंगको वयस्क पोथी पुतलीले फूलको वरिपरि रहेका कलिला पातहरूमा सेतो पहेँलो अण्डा पारेको २ देखि ३ दिनमा साना साना मसिना लार्भाहरू जन्मी सुरुमा कलिला मुनाहरूमा आक्रमण गर्दछन् र फल लाग्न थालेपछि चिचिला फलहरूमा आक्रमण गर्ने अधिकृत राजभण्डारीले उल्लेख गरे ।
यस्तै, फलहरूमा प्वाल पारी फलको भित्री भागमा गुदी खाई नोक्सानी पुर्याउँछ । सुरुमा पात तथा कलिला मुनाहरूमा छुट्टाछुट्टै पारिएका अण्डा वा ससाना लार्भाहरू, विष्टा वा मुना वा चिचिलामा स–साना प्वालहरू देखिन्छन् तथा हेलिल्युरयुक्त फनेल पासो राखी किरोको नियमित निगरानी गर्नु पने राजभण्डारीले सुझाए ।
कसरी गर्ने व्यवस्थापन ?
पासो वालीका रूपमा खेतबारीको बिचमा सूर्यमुखी लगाउनाले वयस्क पुतलीहरू फुल पार्न सूर्यमुखीमा आकर्षित हुन्छन् र त्यहाँ मात्र नष्ट गर्न सकिने अधिकृत राजभण्डारीले बताए । गभारोले नोक्सान गरेका फलहरू र सुकेका हाँगा एवं पातहरू सङ्कलन गरी नष्ट गर्नुपर्ने बताए ।
रातको समयमा १ वा २ वटा बत्तीको पासो प्रति रोपनीको दरले समान दूरीमा पर्ने गरी प्रयोग गर्ने र पासोमा परेका पुतलीहरू जम्मा गरी नष्ट गर्नु पर्ने उनले सुझाए । उनका अनुसार गोलभेँडा बालीमा फूल–फुल्न सुरु गरेपछि, गभारोको वयस्क भाले पुतलीलाई आकर्षण गरी फसाउन हेली युक्त पासो प्रति रोपनी जग्गामा ५ वटा को दरले प्रयोग गनुपर्छ ।
बेलुकीपख भाइरसयुक्त जैविक विषादी ( एच.एन.पि.भि.) १ लिटर पानीमा १ मिलिको दरले वा बि.टी. के ३ ग्राम प्रति लिटर पानीमा घोली १० दिनको अन्तरमा २ पटक एकनासले छर्नुपर्ने उनको भनाइ छ ।
यस्तै, क्लोरएन्ट्रानिलिप्रोल १८.५% एस.सि. १ मिलि प्रति ३ लि. पानीका दरले छर्ने वा स्पिनोस्याड ४५% एस.सि. १ मिलि प्रति ३ लिटर पानीका दरले वा नुभालुरोन १०% ई.सि. १ मिलि प्रति लिटर वा ईमामेक्टिन बेन्जोएट ५ % डब्लु. डि. जि. १ ग्राम ३ लिटर पानीका दरले छर्न उनको सुझाव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: