झापा । कोरोना महामारीपछि देशका विभिन्न स्थानमा कोभिड अस्पतालहरु सञ्चालनमा आए । जसमध्य एक हो झापा दमकको कोभिड अस्पताल । दमक नगरपालिकाले दमक अस्पताल मातहत रहने गरी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो ।
कोभिड उपचार केन्द्र भनेर स्थापना गरिएको अक्सिजनसहितको ३८ शय्याको यो अस्पताल अहिले अलपत्र बनेको छ । दमकको वडा नं २ स्थित बेलडाँगीमा बनाइएको सो अस्पताल कोभिड पछि कुनै पनि प्रयोजनमा ल्याउन नसक्दा प्रयोग बिहिन बनेको हो ।
अस्पतालको अवस्थालाई मध्यनजर गर्दै सुन्दर समाज नेपालले अस्पताल सरसफाई गरेको छ । अस्पताल परिसरमा उम्रिएका घाँस र फोहोर व्यवस्थापन गर्नुका साथै अस्पताल भित्रका बेड तथा उपकरणहरुमा लागेको धुलो सफा गरिएको समाजकी अध्यक्ष विन्दु सिटौला (लक्की) ले बताइन ।
कोरोना संक्रमण दर कम भएसँगै अस्पताललाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा नगरपालिकाले कुनै योजना बनाउँन सकेको छैन । डेङ्गी महामारीका समयमा डेङ्गी अस्पताल सञ्चालन गर्न स्थानीयले सुझाएका थिए । तर, कार्यान्वयन हुन सकेन ।
दमकको उत्तरी क्षेत्र र खासगरि शरणार्थी शिविरका शरणार्थीलाई लक्षित गरेर स्वास्थ्य केन्द्र बनाउन सकिने सुन्दर समाज नेपालकी अध्यक्ष लक्कीको छ । साथै यस क्षेत्रमा लागु पदार्थ दुव्र्यसनको अवस्थालाई मध्यनजर गर्दै रियाव सेण्टरको रुपमा अघि बढाउन सकिने पनि उनको सुझाव छ ।
सो अस्पताल कोभिडपछि कुनै पनि प्रयोजनमा ल्याउन नसकेको र यसलाई के गर्ने भन्नेबारेमा नगरको स्वास्थ्य शाखाले पनि अहिलेसम्म कुनै योजना नबनाएको वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटाले बताए ।
उनले चाडै नै यसलाई उपयोगमा ल्याउने बताए । तर दमक नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को निती तथा कार्यक्रममा पनि सो अस्पताललाई केमा प्रयोग गर्ने भन्नेबारेमा उल्लेख नगरेकोले नगरकै वेवास्थामा परेको प्रष्ट हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: