काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको मालुङ्गामा एफटिटिएच सेवा विस्तार गरेकेा छ ।जिल्लाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेटने गरि उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको हाे ।
उक्त सेवा मार्फत मालुङ्गा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कुल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले अव उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट निर्वाध रुपमा चलाउन सक्नेछन् । एफटिटिएच सेवा अन्तर्गत २५ एमबिपिएस देखि १ जिविपिएस स्पिड क्षमता सम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनिय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए ।
मालुङ्गा बजार गल्याङ नगरपालिका वडा नं.१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडव्याण्ड सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए ।
त्यसैगरि, हाल वितरण गरिएको एनटिफाइबर सेवा मार्पmत एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन, तथा मोबाइल डाटा समेत प्राप्त गर्न सकिने भएकोले यसलाई “फोर इन वन” भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए । उनका अनुसार यो सेवा मार्फत अनलिमिटेड इन्टरनेटका साथै अनलिमिटेड भ्वाइस सेवा समेत प्राप्त गर्न सकिने छ ।
एफटिटिएच सेवामा गुणस्तरियता र विश्वसनियता दुबै रहेकाले गल्याङ कार्यालय मार्पmत करिब १३ किलोमिटर परको दुरीमा विस्तार गरि प्रथम पटक मालुङ्गामा ल्याण्डलाइन सेवा ल्याइएको वडा अध्यक्ष मणि प्रसाद बश्यालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: