Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

१४ किलो सुनमा पनि जोडिए विमल पोद्दार

क्रिप्टो र हुण्डी कारोबारमा पक्राउ पूर्जी

खबरडबली संवाददाता

काठमाडौं । ३३ किलो सुनकाण्डका आरोपी विमल पोद्दार १४ किलो सुनमा पनि जोडिएका छन् । २०७४ सालको ३३ किलो सुन प्रकरणका आरोपी पोद्दार गत मंसिरमा दुबईबाट ल्याइएको १४ किलो सुन प्रकरणमा पनि छानबिनमा तानिएका हुन् ।

उनीमाथि विस्तृत अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको छ । तर, प्रहरीले उनीविरुद्ध हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पहिल्यै पक्राउ पूर्जी जारी गरिसकेको खुलेको छ ।  विमानस्थल भन्सार कार्यालयले मंसिर २२ मा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

घलेले बयानका क्रममा पोद्दारको नाम लिएपछि उनी छानबिनको दायरामा आएका हुन् । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज रेष्टुरेन्ट रहेको छ । मीनबहादुरले बयानका क्रममा सन् २०१४ मा उनीसँग मिलेर काम गरेको बयान दिएका प्रहरीस्रोतले बताएको छ  ।

सरकारी वकिलले थप अनुसन्धान गर्न भनेपछि उनको कल डिटेल रेकर्ड हेर्नेदेखि अरु प्राविधिक पक्षको अनुसन्धान थालिएको बताइएको छ । 

यूएईबाट ल्याइएको तस्करीको ३३ किलो सुन गायब भएपछि खोज्ने क्रममा चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले भरिया सनम शाक्यलाई यातना दिएको थियो । त्यसक्रममा शाक्य मारिएपछि ३३ किलो सुन प्रकरण चर्चामा आएको थियो, यसमा प्रहरीका उच्च अधिकृतहरुमाथि पनि अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको थियो ।

२०७४ मा ३३ किलो सुन प्रकरण छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । समितिको अनुसन्धानका क्रममा व्यवसायी पोद्दार ६ असार २०७५ मा पक्राउ परेका थिए ।

जिल्ला अदालत, मोरङले संगठित सुन तस्करीको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । पछि उच्च अदालतबाट पोद्दार धरौटीमा छुटेका थिए ।

पोद्दारको बयानमार्फत सुन समिति एक चर्चित व्यवसायीसम्म पुगेको थियो । तर, उनलाई नियन्त्रणमा लिने तयारी भइरहेका बेला उच्च राजनीतिक नेतृत्वले छानबिन समितिलाई अनुसन्धान प्रतिवेदन बुझाउन दबाब दिएको थियो ।

हालसम्म पौडेल नेतृत्वको छानबिन समितिको प्रतिवेदन गायब छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले प्रतिवेदन खोज्दा समेत पाएन । त्यसमा अनुसन्धान गर्नुपर्ने भन्दै थप व्यक्तिहरुको सूची भएकाले प्रतिवेदन गायब पारिएको स्रोत बताउँछ ।

क्रिप्टो र हुण्डी कारोबारमा पक्राउ पूर्जी

१४ किलो सुन प्रकरणमा छानबिनको दायरामा आएपछि भन्सार कार्यालयले पोद्दारको खोजीका लागि प्रहरीको सहयोग मागेको थियो । त्यसक्रममा उनीविरुद्ध पहिल्यै पक्राउ पूर्जी जारी भइसकेको खुलेको छ ।

भन्सारका एक उच्च अधिकृतका अनुसार, ६ मंसिरमा हुण्डी कारोबार र अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका रुपेश श्रेष्ठमाथि अनुसन्धानका क्रममा पोद्दारको पनि संलग्नता देखिएको प्रहरीले बताएको छ । त्यही मुद्दामा पोद्दारलाई पक्राउ पूर्जी जारी गरेर खोजी भइरहेको छ।

सीआईबीका एक उच्च अधिकृतले पनि पोद्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको पुष्टि गरे । ब्यूरो स्रोतका अनुसार, श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजत पत्र नलिई विद्यूतीय माध्यमबाट क्यास एप जस्ता मोबाइल एप्लिकेसन प्रयोग गरेर हुण्डी, अनलाइन जुवा, क्रिप्टो र अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण भेटिएको छ ।

उनीमाथि अनुसन्धान गर्ने क्रममा पोद्दारको नाम खुलेको थियो । त्यसपछि उनको पनि खोजी भइरहेको प्रहरीले बताएको छ । ब्यूरो स्रोतका अनुसार, उनको खोजी गर्दै उनको घर लगायतका स्थानमा पनि पुगेको थियो । यद्यपि, उनी भेटिएनन् ।

पोद्दार विदेश गएको हुनसक्ने प्रहरीको आशंका छ । ‘इन्टरपोलमार्फत नोटिस जारी गराउने तयारी भइरहेको छ’, ब्यूरोका एक अधिकृतले भने । १४ किलो सुन प्रकरणमा सरकारी वकिलले बयानबाट खुलेका पोद्दारसहित अंकित अग्रवाल, राजेन्द्र बस्नेत, राज कुमार भारती, जीवन गुरुङ र गुरु भनिने भारतीय नागरिकबारे पनि अनुसन्धान गर्न भनेको छ ।

भन्सारका अनुसार, अंकित अग्रवालले चन्द्र घलेहरुलाई दुबईबाट सुन पठाउने गरेका थिए । गुरु भनिने व्यक्तिले भारत लैजाने गरेको देखिएको थियो ।अनुसन्धान गर्न भनेकामध्ये जीवनलाई यसअघिदेखि नै खोजी रहेकाे र उनीविरुद्ध पक्राउ पूर्जी समेत जारी भइसकेको प्रहरीले बताएको छ । गुरुङ डिल्लीबजारस्थित प्याटिनम कलेजका सञ्चालक समेत हुन् ।

घलेको समूहले विमानस्थलको अध्यागमनसँगै रहेको सीआईपी कक्षमा रहेको शौचालयभित्र सुन लुकाएर तस्करी गर्दै आएका थिए । यो समूहले १३८ किलो सुन तस्करी गरिसकेको निष्कर्षसहित भन्सारले अदालतमा समेत मुद्दा दायर गरेको छ ।

यो प्रकरणमा विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको संलग्नता खुलेको थियो ।

यसरी तस्करी भएर आउने सुन विमानस्थलबाट निकालेपछि बानियाँटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पुर्‍याउने गरेको देखिएको थियो । गुरुङले विमानस्थलभित्र कर्मचारीको सेटिङ मिलाउन सहयोग गरेको भन्सारका अधिकृतहरु बताउँछन् । गुरुङ फरार छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending