Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

मन्त्री किरातीको एक वर्षे उपलब्धि: निगमको आम्दानी दोब्बरभन्दा बढी वृद्धि

४१ मुलुकसँग हवाई सेवा सम्झौता, दश लाख बाह्य पर्यटक भित्रिए

खबरडबली संवाददाता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेको थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई गौरब गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९ माघ ३ गते मुलुकको ४० औँ पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्री किरातीले कमजोर अवस्थामा रहेको निगमलाई सुधार्ने उद्घोष गर्नुभएको थियो । मन्त्रीको जिम्मेवारी सम्हालेको ६ दिनपछि अर्थात् माघ ९ गते निगमको मुख्यालयमा पुगेर निगमको समग्र अवस्थाबारे जानकारी लिँदै उहाँले भन्नुभएको थियो, “निगमको धुमिलिएको शाखलाई उचो बनाउन भगिरथ प्रयास गर्नेछु ।” त्यतिमात्रै हैन हरेकजसो सार्वजनिक कार्यक्रममा पर्यटनमन्त्रीको यही उक्ति दोहोरिने गथ्र्यो ।

यही पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठबन्धन सरकार बनेको एक महिनापछि पर्यटनमन्त्री बन्नुभएका किराती आफूले बोलेका र प्रतिबद्धता जनाएका काममा लागिपर्नुभएको छ । चुनौतीबीच निगम सुधार्ने सम्भावनाको खोजी निरन्तर  चलिरहेकै छ ।

वायुसेवा निगमको सुधारका लागि विभिन्न पहलकदमी भएका छन् । केही नीतिगत र रणनीतिक कार्यक्रम पनि अघि बढाइएका छन् । पर्यटन मन्त्रालयले गठन गरेको नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय सुधार तथा अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले मेहनतका साथ निगमको संरचनागत र व्यवस्थापकीय सुधारका लागि सुझावसहितको प्रतिवेदन पर्यटनमन्त्री किरातीलाई बुझाइसकेको छ । सोही आधारमा पर्यटनमन्त्री किरातीले निगमको विद्यमान अवस्थालाई सुधार्न प्रयास गरिरहनुभएको छ । प्रतिवेदन कार्यान्वयनका गठन गरिएको  समितिले तीव्रताका साथ काम गरिरहेको मन्त्रालयले जनाएको छ । 

“विगतमा अध्ययन समिति बनाउने र प्रतिवेदन दराजमा थन्क्याउने प्रवृत्ति थियो, त्यसलाई हामीले अन्त्य गरेका छौँ”, रासससँगको कुराकानीमा पर्यटनमन्त्री किरातीले भने । वायुसेवा निगमको पुन:संरचनाका लागि ‘म्यानेजमेन्ट कन्ट्रयाक’ समिति पनि गठन गरिएको उनले जानकारी दिए । मन्त्री किरातीले भने, “कानुनीरुपमा धेरै सुधार गर्नुपर्नेछ, संसद्को हिउँदे अधिवेशनमा धेरै विषयलाई सम्बोधन गरेर जानेछौँ ।”
 
युरोपेली सङ्घ ९इयु०ले नेपालको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाउन विभिन्न प्रयास भइरहेको मन्त्री किरातीको भनाइ छ । इयुको अडिट प्रतिवेदनको १२ बँुदे सुझावअनुरुप हवाई सुरक्षा र सेवा सुधारका लागि सबै संयन्त्रले काम गरिरहेको छ । मन्त्री किरातीले वायुसेवा निगमलाई सुधार्न विभिन्न प्रयास भइरहेको बताए। तर, निगमको अहिलेको अवस्थामा ल्याउन सरकार, राजनीतिक नेतृत्व सरोकारवाला निकायको पनि उत्तिकै भूमिका रहेको उहाँले उल्लेख गरे ।

तीन जहाज खरिद गरिँदै
वायुसेवा निगमले आन्तरिक उडानका लागि तीन ट्वीनअटर जहाज खरिद अन्तिम चरणमा पुगेको जनाएको छ । मन्त्री किरातीले तीन जहाज खरिदका लागि अन्तिम चरणमा पुगेको र केही दिनभित्रै निर्णय हुने राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार त्यसैगरी अन्तर्राष्ट्रिय उडानका लागि न्यारोबडी जहाज लिज प्रक्रियाबाट ल्याउन पनि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

विगत १२ वर्षदेखि ग्राउण्डेड ट्वीनअटर जहाज मर्मतको प्रक्रिया अगाडि बढाइएको छ । तीन जहाज ल्याएपछि दुर्गम क्षेत्रका २२ विमानस्थलमा उडान सेवा दिने गरी जहाज खरिद गर्न लागिएको निगमले उल्लेख गरेको छ । ग्राउण्डेड चिनियाँ जहाज बिक्रीका लागि टेन्डर आह्वान गरिएको छ ।

निगमको आम्दानी बढ्यो
वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढी वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरक्षिण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९८ लाख थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३३ लाख छ ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रहेको छ । विवरणमा एक वर्षको अवधिमा निगमले रु २२ अर्ब कमाएको छ । यतिखेर वर्तमान सरकारको एकवर्षे कार्यकालको कामको समीक्षा भइँरहदा मुलुकको संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा रहेर मन्त्री किराती सुशासन, पारदर्शिता कायम गर्दै केही देखिने गरी कामको सुरुआत गर्नुभएको छ । 

कतिपय कामको परिणाम आउन बाँकी छ । तर, समग्रमा मन्त्री किरातीका प्रयास निरासाजनक छैनन् । उहाँ भन्नुहुन्छ, “सोच र योजनाअनुरुप गर्न खोजेको काम गर्न सकिएन । थुप्रै अप्ठेरा र कानुनी उल्झनलाई चिर्दै जनआकाङ्क्षाअनुरुप काम गर्नुपर्ने अपरिहार्यता छ । हिम्मत हारेको छैन प्रयास अनवरत चलिरहेकै छ ।”

अपेक्षित काम गर्न सकिएन
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हालैको बैठकमा मन्त्री किरातीले खुलेर आफ्ना भावना व्यक्त गरे। “काम नगरिकन कुर्सीमा बसु या विवादित भएर पनि काम अगाडि बढाउने भन्ने प्रश्न तेर्सिएको छ, भने जति काम गर्न नसकेकामा लज्जित पनि छु”, मन्त्री किरातीले भने, “एउटा काम गर्न थाल्नुपर्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र धाउनैपर्छ, महालेखा परीक्षकको कार्यालयलाई जवाफ दिनैपर्यो । अनि अड्डा अदालत पुग्नैपर्छ, समितितिर पनि जवाफ दिनैपर्छ । काम चाही कहिले गर्ने आफैँलाई प्रश्न गरिरहेको छु ।”

मन्त्री किरातीले मुलुकको हवाई क्षेत्रको सुधारका लागि पनि विभिन्न प्रयास गर्नुभएको छ । मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा अभिवृद्धि र नियमन तथा व्यवस्थापकीय कार्यमा प्रगति गरेको छ । सम्पदा संरक्षण र प्रवद्र्धनका सकारात्मक उपलब्धि भएको छ । मन्त्रीको सक्रियतामा सम्पदा सरसफाइ अभियान प्रभावकारी रुपमा सम्पन्न भएको छ ।

४१ मुलुकसँग हवाई सेवा सम्झौता 
पर्यटन मन्त्रालयका अनुसार नेपाल तथा रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको छ । स्वीट्जरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अघि बढाइएको छ । यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुगेको छ । नेपालले इयुसँग पनि बहुपक्षीय हवाई सम्झौता गरेको छ । अन्य केही मुलुकसँग पनि द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले उल्लेख गरेको छ । 

एक वर्षका उपलब्धि
सरकारको एक वर्षे कार्यकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’बाट राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अघिल्लो वर्ष पुस १७ गते उद्घाटन भएको थियो । भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यको शिलान्यास भएको थियो । नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण कार्य शिलान्यास भएको छ ।
  
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्नेसम्बन्धी कार्ययोजना बनाउनुका साथै भारतसँग अन्तर्राष्ट्रिय उडान सहजीकरण गर्न द्विपक्षीय प्राविधिक छलफलका लागि कूटनीतिक प्रक्रिया अघि बढाइएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।
    
विसं २०७९ माघ २० गतेदेखि वायुसेवा निगमबाट आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट अनलाइन प्रविधिमार्फत काट्न सकिने गरी अनलाइन टिकेटिङ्ग सेवाको सुरुआत गरिएको । जुम्ला, रुकुम, रारा तथा सिमिकोट विमानस्थल विस्तार/स्तरोन्नतिका लागि जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाइएको छ । तुम्लिङ्टार तथा सुर्खेत विमानस्थलमा एटीआर–७२ विमानबाट सेवा सञ्चालन सुरु गरिएको छ । तीन महिने बृहत् सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

दश लाख बाह्य पर्यटक भित्रिए     
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७६ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसँगै सरकारको वर्ष २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको छ । अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ । जुगल हिमशृङ्खलामा पर्ने ६ नयाँ हिमाल आरोहणका लागि खुला गरिएका र सोसहित हालसम्म कूल चार सय १९ हिमाल आरोहणका लागि खुला गरिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending