काठमाडौं । राष्ट्रियसभामा एमालेलाई तीन सिट दिन गठबन्धन तयार भएको छ । माघ ११ गते सम्पन्न हुने आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई पनि समेटेर जाने सत्तारूढ गठबन्धन तयार भएको हो ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतलाई केन्द्रमा राख्दै एमालेलाई समेटेर जाने विषयमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई पनि समेटेर लान तयार भएका हुन् ।
यता सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने एमालेलाई समेटेर जान नहुने अडानमा रहेका छन् । अर्को सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सुनिश्चितता खोजेर मात्रै एमालेलाई समेट्नुपर्ने बताउँछन् ।
यहीकारण अहिलेसम्म एमालेलाई समेट्ने कि नसमेट्ने, समेटिँदा कति सिट दिने भन्नेबारे गठबन्धन अलमलमै छ । तर, समेटेरै अगाडि बढ्नुपर्ने अवस्था आउँदा तीन सिट दिन गठबन्धन तयार रहेको गठबन्धनसम्बद्ध दलका नेताहरू बताउँछन् ।
एमालेलाई समेटेर लाने विष्यामा सहमति जुटिसकेको नसकेपनि एमालेलाई ३ सिटसम्म दिन सकिने विष्यमा छलफल भई रहेको माओवादी केन्द्रका एक नेताले बताए । एमालेले कम्तिमा ६ सिट मागेको र उसले भनेजती नभएर तीनसिट दिनमा भने गठबन्धनका नेताहरु सहमतीमा आउने उनको भनाई छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा एमालेलाइ पनि समेट्नु पर्रने हुँदा उसले खाेजेकै जति संख्या नभएर केही सिट दिन सकिने र त्यसमा सहमतीमा एमाले आउनु पर्ने कांग्रेस निकट स्राेतले बतायाे ।
फागुन २० गते अध्यक्षसहित २० जना राष्ट्रियसभा सदस्यहरूको पदावधि सकिनेमध्ये एमालेका ८ जना रहेका छन् । तर, यता गठबन्धनसम्बद्ध दलहरूले भने आफ्नो दलले प्रतिनिधित्व रिक्त सिट आफैँ लिने र मुख्यगरी एमालेकै ८ सिट बाँडफाँट गर्ने सहमति बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: