Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

भयावह बन्दै बालबालिकाको आत्महत्या

पाँच वर्षमा ३ हजार ८०० ले गुमाए ज्यान

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपालमा तीन हजार ७९० बालबालिकाले आत्महत्या गरेका छन् । यसरी हेर्दा हरेक दिन सरदर दुई बालबालिकाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।

यो वर्षको ९ महिनामा मात्रै ७९५ जना बालबालिकाले आत्माहत्या गरेको तथ्याङ्क रहेको छ ।
यो वर्ष २६६ बालक तथा ५२९ बालिकाले मृत्युको बाटो अँगालेको देखिन्छ।

२०७५/७६ मा १८९ बालक र २७० बालिकाले आत्महत्याको बाटो समातेका छन् भने ०७६/७७ मा २५२  बालक र ४०९ बालिकाले आत्महत्या गरेका छन् ।

यसैगरी ०७७/७८ मा २९४ बालक र ४७० बालिका र ०७८/७९ को तथ्यांकमा २५३ बालक र ४५६  बालिकाले आत्महत्या गरेका छन् । हरेक वर्ष यसरी बालबालिकाहरूले मृत्यु अँगाल्नु गम्भीर विषय हो। अभिभावकले आफ्नो कुरा नबुझिदिए वा वास्ता नगरे, गालीगलौज गरे‚ पारिवारिक झै झगडा भइरहेका कारण बालबालिकाले आत्महत्याको बाटो रोजेको देखिन्छ। 

बालबालिकाहरूलाई हुर्काउनु बुबाआमाको कर्तव्य मानिन्छ । तर, उनीहरूको हुर्काइ र बढाइमा बाबुआमाहरूको मात्र हात हुँदैन । एक बच्चा युवास्थामा पुग्ने क्रममा धेरै व्यक्तिहरूको हात हुन्छ ।

भोलि हाम्रा बालबालिकाको कस्ता हुन्छन् असल वा खराब ? सही मार्ग सम्हाल्छ वा गलत भन्ने कुरा बुबाआमा, परिवार, विद्यालय तथा समाजको सामूहिक प्रयत्नको प्रतिफल हो। कुनै एक व्यक्तिको प्रयत्नले मात्र एक बच्चाको सम्पूर्ण हुर्काइ वा बढाइमा पूर्णता आउन नसक्ने विज्ञहरूकाे भनाइ छ ।

इन्टरनेटमा भिडियो गेमको लत अहिलेको बालबालिकाको मूख्य समस्या रहेकाे हाे। ‘गेमिङ डिसअर्डर’समेत बालबालिकामा देखिन थालेको छ।  अनलाइन गेमकै कारण खानपान, निद्रा र सामान्य व्यवहारमा समस्या आउन थालेका छन्। ​

बालरोग विशेषज्ञ डा.अरूण न्यौपाने अभिभावकले बालबालिकामाथि राख्ने बढ्दो अपेक्षा रोक्नुपर्ने बताउँछन् । अपेक्षा पूरा गर्न नसक्दा आउने मानसिक आघातले बालबालिकामा आउने हिनताबोधबारे बुबाआमाहरू जानकार हुनुपर्ने उनको भनाइ छ।

यसैगरी  डा. महेश गौतम पनि बच्चाहरूमा पनि प्रतिस्पर्धाको मानसिकता बढ्दै गएको र अब्बल हुने कि खुशी हुने भन्ने विषयमा बच्चाहरूलाई सिकाउनुपर्ने बताउँछन्। प्रविधिको विकासले बालबालिकामा भनेको चिज भनेको बेला पाउनैपर्छ भन्ने  मानसिकता बनाइसकेकाे उनकाे भनाइ छ । यस्तो अवस्थामा चाहेको चिज नपाउँदा निराशामा गइहाल्ने परिस्थिति बनेको र यो गम्भीर समस्या भएकाे उनले बताए । पारिवारिक कलह, हिरोइज्मको विकास, नैतिक शिक्षाको अभाव जस्ता कुराले बालबालिकामा हुर्काइका तरिका फेरिएको डा. न्याैपानेकाे बसझाइ छ ।

१३ वर्षदेखि १८ वर्षसम्मका हरेक बच्चाहरूको यति धेरै अधैर्य बन्छन् कि उनीहरू कुनै काममा आफ्नो असफलतालाई आफू कमजोर महशुस गर्छन्। जब कमजोर महशुस हुन्छ, त्यसवेला उनीहरू नजिकका मान्छेको साथ  खोज्छन् । साथ  र भरोसा नपाउँदा उनीहरू जुनसुकै कदम चालिहााल्ने उनले बताए ।

आफूले आफैँलाई सिध्याउने काम आत्महत्या हो। यस क्रममा कोही मर्छन्। केही घाइते हुन्छन् । आत्महत्या गर्नुको प्रमुख कारण मनमा अत्यधिक पीडा हो ।  आत्महत्याका कारण फरक–फरक भए पनि अन्ततस् मानसिक तनाव र अधैर्य नै हो।

आत्महत्याका सबै कारण निराशा मात्र पनि नभएको उनीहरूले बताए। कतिपय बच्चाहरूले घुर्की लगाउने नाममा छतबाट हाम फाल्ने, सिलिङमा पासो लगाउने तथा विष सेवन पनि गरिदिने घटना पनि घट्ने गरेको बताउँछन् ।

मनोविश्लेषक वासु आचार्य बालबालिकाको आत्महत्या रोक्ने प्रकारका पाठ्यपुस्तक निर्माण गर्नुपर्ने बताउँछन् । नैतिक शिक्षाले मात्र पुगेन । मनोविज्ञान शिक्षा चाहियो। सन् २०३० सम्म यहाँ तीन जनामा एक मनोपीडित देखा पर्छन् । त्यसैले विशेषगरी कक्षा ९ र १० मा मनोविज्ञान शिक्षाको कोर्स राख्नुपर्छ । योभन्दा साना कक्षामा पनि राख्नुपर्छ । त्यस्तै, सरकारले बालबालिकाका लागि सचेतनामूलक कार्यक्रम चलाउनुपर्छ । यसो गरे बालबालिकाको आत्महत्याको घटनामा कमी आउने उनले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending