काठमाडौं । सिंहदरबार वैद्यखानामा चार महिनादेखि औषधि उत्पादन ठप्प भएपछि कारखानामा ताला लगाइएको छ । साढे तीय सय वर्षको इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको बैद्यखानाको कारखाना बन्द भएपछि काम गर्ने कर्मचारीले तीन महिनादेखि तलबसमेत पाएका छैनन्।
जडीबुटी नभएकाले औषधि उत्पादन बन्द गर्नुपरेको सिंहदरबार वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले बताए। उनका अनुसार गत भदौदेखि दसैंसम्म वैद्यखानाले तीनथरी मात्र औषधि उत्पादन गरेको थियो । दसैंपछि ती तीनथरी औषधि उत्पादन पनि गर्न नसकिएको उनले बताए । वैद्यखानाले अब कहिलेदेखि औषधि उत्पादन सुरु गर्छ, यसको टुंगो नभएको उनले बताए ।
२०५४र५५ सालतिर वैद्यखानामा १६० थरी औषधि उत्पादन हुन्थे । त्यसपछि सामान्यतया हरेक वर्ष एक सयथरी औषधि उत्पादन हुने गरेका भए पनि जिगत चारमहिना देखि उत्पादन ठप्प रहेको छ ।
आर्थिक वर्ष २०७९र८० मा २० थरी औषधि उत्पादन भएका र २० थरीबाट ३ थरी औषधि उत्पादन गर्दै आएकोमा अहिले त उत्पादन नै ठप्प छ । स्वास्थ्य मन्त्रालयले २०८० भदौमा आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायलाई दोहरो जिम्मेवारी दियो। उनलाई सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी पनि दिइएको थियो।
वैद्यखानाका कर्मचारीका अनुसार उपाध्यायले वैद्यखानामा केही राम्रो काम गर्ने प्रयास गरेका पनि थिए । उनको पालामा चाहिने जडीबुटी खरिद गर्न टेन्डर माग्ने तयारी भएको थियो । केसी ११औं तहका हुन् । मन्त्रालयले ११औं तहका केसीलाई वैद्यखानाको कायकारी निर्देशकमा पठाउने निर्णयसहित १० औं तहका डा. श्यामबाबु यादवलाई नरदेवी अस्पतालको निमित्त निर्देशक तोक्यो।
यसैमा डा. केसीको आपत्ति रह्यो। आफूमाथि अन्याय भयो भन्दै केसी अदालत पुगे तर वैद्यखानामा हाजिरी गर्न गएनन्। त्यसपछि वैद्यखाना नेतृत्वविहीन भयो। जडीबुटी खरिद प्रक्रिया पनि बन्द भयो । दुई वर्षदेखि वैद्यखानाले जडीबुटी खरिद गरेको छैन।
वैद्यखानामा ४३ जना कर्मचारी छन् । अहिले उनीहरू कामविहीन छन्। कार्यालय जाने र हाजिरी गर्नेबाहेक काम छैन। लामो इतिहास बोकेको वैद्यखानाबाट औषधि उत्पादन बन्द हुनु दुर्भाग्यपूर्ण भएको पूर्वकार्यकारी निर्देशक डा. श्यामबाबु यादव बताउँछन्।
उनी २०७९ असार देखि २०७९ साउनसम्म एक महिना वैद्यखानाको कार्यकारी निर्देशक थिए। सरकारले २०५१ सालमा गठन आदेश जारी गरी २०५२ साउन ६ गतेदेखि सिंहदरबार वैद्यखानालाई विकास समितिमा लगेको थियो।
‘अब विकास समितिबाट वैद्यखाना चल्दैन। सरकारले यसलाई कम्पनीअन्तर्गत चलाउनुपर्यो। त्यो पनि नभए आयुर्वेद विभागको एउटा अंग बनाउनुपर्यो,’ मार्केटिङ अधिकृत रेग्मीले भने।
वैद्यखाना कहिले नेतृत्वविहीन हुन्छ भने कहिले एकैपटक दुईजनाले आफू प्रमुख भएको दाबी गर्छन् । २०७९ साउनमा डा. सवरी शाह र डा. श्यामबाबु यादव दुवैले वैद्यखानाको कार्यकारी निर्देशक आफू भएको दाबी गरेका थिए। त्यसपछि अन्याय भएको डा. शाह अदालत गए।
सिंहदरबार वैद्यखाना मल्लकालीन राजा प्रताप मल्लको पालामा स्थापना भएको हो। कुनै बेला वैद्यखानाबाट उत्पादित औषधिले आयुर्वेद क्षेत्रमा एकछत्र बजार लिएको थियो तर अहिले त्यो इतिहासझैं भएको छ । स्वास्थ्य मन्त्रालयले नै वैद्यखानामा अस्थिरता सिर्जना गरेको कर्मचारीहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: