Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बुटीबिनाको वैद्यखाना

साढे तीय सय वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखानामा उत्पादन ठप्प

खबरडबली संवाददाता

काठमाडौं ।  सिंहदरबार वैद्यखानामा चार महिनादेखि औषधि उत्पादन ठप्प भएपछि कारखानामा ताला लगाइएको छ । साढे तीय सय वर्षको इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको बैद्यखानाको कारखाना बन्द भएपछि काम गर्ने कर्मचारीले तीन महिनादेखि तलबसमेत पाएका छैनन्।

जडीबुटी नभएकाले औषधि उत्पादन बन्द गर्नुपरेको सिंहदरबार वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले बताए। उनका अनुसार गत भदौदेखि दसैंसम्म वैद्यखानाले तीनथरी मात्र औषधि उत्पादन गरेको थियो । दसैंपछि ती तीनथरी औषधि उत्पादन पनि गर्न नसकिएको उनले बताए । वैद्यखानाले अब कहिलेदेखि औषधि उत्पादन सुरु गर्छ, यसको टुंगो नभएको उनले बताए । 

२०५४र५५ सालतिर वैद्यखानामा १६० थरी औषधि उत्पादन हुन्थे । त्यसपछि सामान्यतया हरेक वर्ष एक सयथरी औषधि उत्पादन हुने गरेका भए पनि जिगत चारमहिना देखि उत्पादन ठप्प रहेको छ ।

आर्थिक वर्ष २०७९र८० मा २० थरी औषधि उत्पादन भएका र २० थरीबाट ३ थरी औषधि उत्पादन गर्दै आएकोमा  अहिले त उत्पादन नै ठप्प छ । स्वास्थ्य मन्त्रालयले २०८० भदौमा आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायलाई दोहरो जिम्मेवारी दियो। उनलाई सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी पनि दिइएको थियो।

वैद्यखानाका कर्मचारीका अनुसार उपाध्यायले वैद्यखानामा केही राम्रो काम गर्ने प्रयास गरेका पनि थिए । उनको पालामा चाहिने जडीबुटी खरिद गर्न टेन्डर माग्ने तयारी भएको थियो । केसी ११औं तहका हुन् । मन्त्रालयले ११औं तहका केसीलाई वैद्यखानाको कायकारी निर्देशकमा पठाउने निर्णयसहित १० औं तहका डा. श्यामबाबु यादवलाई नरदेवी अस्पतालको निमित्त निर्देशक तोक्यो।

यसैमा डा. केसीको आपत्ति रह्यो। आफूमाथि अन्याय भयो भन्दै केसी अदालत पुगे तर वैद्यखानामा हाजिरी गर्न गएनन्। त्यसपछि वैद्यखाना नेतृत्वविहीन भयो। जडीबुटी खरिद प्रक्रिया पनि बन्द भयो । दुई वर्षदेखि वैद्यखानाले जडीबुटी खरिद गरेको छैन।

वैद्यखानामा ४३ जना कर्मचारी छन् । अहिले उनीहरू कामविहीन छन्। कार्यालय जाने र हाजिरी गर्नेबाहेक काम छैन। लामो इतिहास बोकेको वैद्यखानाबाट औषधि उत्पादन बन्द हुनु दुर्भाग्यपूर्ण भएको पूर्वकार्यकारी निर्देशक डा. श्यामबाबु यादव बताउँछन्।

उनी २०७९ असार देखि २०७९ साउनसम्म एक महिना वैद्यखानाको कार्यकारी निर्देशक थिए। सरकारले २०५१ सालमा गठन आदेश जारी गरी २०५२ साउन ६ गतेदेखि सिंहदरबार वैद्यखानालाई विकास समितिमा लगेको थियो।
‘अब विकास समितिबाट वैद्यखाना चल्दैन। सरकारले यसलाई कम्पनीअन्तर्गत चलाउनुपर्‍यो। त्यो पनि नभए आयुर्वेद विभागको एउटा अंग बनाउनुपर्‍यो,’ मार्केटिङ अधिकृत रेग्मीले भने।

वैद्यखाना कहिले नेतृत्वविहीन हुन्छ भने कहिले एकैपटक दुईजनाले आफू प्रमुख भएको दाबी गर्छन् । २०७९ साउनमा डा. सवरी शाह र डा. श्यामबाबु यादव दुवैले वैद्यखानाको कार्यकारी निर्देशक आफू भएको दाबी गरेका थिए। त्यसपछि अन्याय भएको डा. शाह अदालत गए।

सिंहदरबार वैद्यखाना मल्लकालीन राजा प्रताप मल्लको पालामा स्थापना भएको हो। कुनै बेला वैद्यखानाबाट उत्पादित औषधिले आयुर्वेद क्षेत्रमा एकछत्र बजार लिएको थियो तर अहिले त्यो इतिहासझैं भएको छ । स्वास्थ्य मन्त्रालयले नै वैद्यखानामा अस्थिरता सिर्जना गरेको कर्मचारीहरूको भनाइ छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending