Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

एकजनाको ज्यान गएपछि सर्लाहीको बरहथवामा भाेली बिहान ८ वजे सम्म कर्फ्यु

खबरडबली संवाददाता

काठमाडौं ।  सर्लाहीको बरहथवामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ । शुक्रबार दिउँसो भएको प्रदर्शनमा हिंस्रक झडपमा परिणत भई एकजनाको मृत्यु भएपछि  कर्फ्यु लगाईएको हो । 

शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम रोक्न कर्फ्यु लगाउनुपरेको प्रशासनले जनाएको छ। 

प्रशासनले बरहथवा नगरक्षेत्र (उत्तर सोती–चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न र उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी कर्फ्यु लगाइएको जनाएको छ।

प्रशासनले शुक्रबार साँझ  ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु जारी गरेको हो। 

आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्न सक्ने प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताएका छन्। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप  । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्...

माओबादीको ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’सुरु

काठमाडाैं ।  सत्तारुढ दल नेकपा (माओबादी केन्द्र)को ‘पूर्वेली संगठन सुदृढीकरण अभियान ०८१’ शनिबारदेखि सुरु भएको छ । प्रदेश नं. १ कमिटीको निर्देशन अनुसार...

इलाममा ४६८३ मतले एमाले उम्मेदवार नेम्बाङ अगाडि

काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ ...

कालीकोटमा आगलागीबाट ४ वर्षमा १३ जनाको मृत्यु

कालीकोट । कालीकोटमा ४ वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आर्थिक वर्...

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।...

ओखलढुङ्गाका वकिल हरिशंकर दाहाल पनौती जङ्गलमा मृत फेला

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जङ्गलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् । ओखलढुङ्गा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्था...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies