Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

चौतर्फि विरोध भएपछि त्रिविको विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् ।

आफूले विश्वविद्यालयको सुधारका निम्ति खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गनुपर्ने उल्लेख थियो। जसको चौतर्फि विरोध भएको थियो ।

खुला प्रतिस्पर्धा भनिए पनि साँघुरो मापदण्ड राखेर सेटिङमा नियुक्ती गर्न खोजिएको आरोप लागेपछि प्रधानमन्त्रीले सच्याउन भनेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इलाममा ४६८३ मतले एमाले उम्मेदवार नेम्बाङ अगाडि

काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ ...

कालीकोटमा आगलागीबाट ४ वर्षमा १३ जनाको मृत्यु

कालीकोट । कालीकोटमा ४ वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आर्थिक वर्...

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।...

ओखलढुङ्गाका वकिल हरिशंकर दाहाल पनौती जङ्गलमा मृत फेला

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जङ्गलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् । ओखलढुङ्गा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्था...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।  यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको ...

धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण

धादिङ ।  सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज) निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख...

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढ...

१६ वर्षीया किशोरी बलात्कारको आराेपमा वृद्ध पक्राउ

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् ।भक्तपुर नगरपालिका ३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी ...

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

काठमाडौं । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर...

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ ।      तेस्रो लगानी सम्मेलनको दोस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies