Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

कसले सुन्छ सहकारीका बचतकर्ताको पीडा ?

खबरडबली संवाददाता

जलेश्वर । जलेश्वर नगरपालिका–१ बस्ने उषा देवीले अहिले सञ्चित गरेको रकम पछि काम लाग्ने आशा बोकेर खाइनखाइ सहकारीमा बचत गरिन् । पछि घरखर्चका लागि आवश्यक पर्दा लिन खोज्दा नपाएपछि उनी दोहोरो पीडामा रहेकी छन् । 

एकातिर आफैँले छ वर्षदेखि जम्मा गरेको रकम डुब्ने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर अरुसँग ऋण गरेर घरखर्च चलाउनुपर्ने बाध्यताले आफू दोहोरो मारमा परेको उनले बताईन् ।  उनले लाखौँ रकम जम्मा गरेकी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पाँच वर्षदेखि बन्द रहेको छ । सहकारीका एजेन्ट तथा सञ्चालक एकाएक सम्पर्कविहीन भएपछि उषादेवीजस्ता दर्जनौँ बचतकर्ता अहिले घरका न घाटका भएका छन् । 

जलेश्वर नगरपालिका–१ कै गिरिजा देवी, ममता देवी र भोलाकुमार राउतले पनि सानो सानो व्यापार, व्यवसाय गरेर सात वर्षदेखि पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा लाखांँ रकम जम्मा गरेका थिए । उनीहरुले बचतबाट पाउने लाभ त परै जाओस् अहिलेसम्म आफ्नो साँवासमेत पाउन नसकेको पीडा सुनाएका छन् ।   

घरदैलो र पसलसम्मै पुगेका एजेन्टहरुले आफूहरुबाट पटकपटक गरी लगेको लाखौं रुपैयाँ लिएर एजेन्ट र सहकारी संस्था नै हराएपछि उनीहरु बिचल्लीमा परेका हुन् । बचतकार्ताहरुले पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफूहरुको रकम ठगेर रातारात फरार भएको भन्दै २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दिएका थिए । तर अदालतले अहिलसम्म निर्णय नगर्दा आफूहरुले न्याय नपाएको गुनासो गर्छन् । 

यस सहकारी संस्थाका सञ्चालकहरुले एक हजार पाँच सय बचतकर्ताको रकम हिनामिना गरी फरार रहेको बताइएको छ । सदरमुकाम जलेश्वरको केन्द्र (दुर्गा चौक) मै अवस्थित यस सहकारी संस्थाको कार्यालय एक समय निक्कै चर्चित एवं लोकप्रिय बचत संस्थाको रुपमा परिचित थियो । त्यस संस्थाबाट धेरैले लाखौं रकमको कारोवार हुने गर्दथ्यो । 

सहकारीका २६ जना बचतकर्ताले आफूहरुले जम्मा चार करोड ८३ लाख रुपैयाँ फिर्ता नगरेको र हिनामिना गरेको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा ३७ एजेन्ट र सञ्चालकविरुद्ध २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराएका थिए । ३६ जना एजेन्ट तथा सञ्चालकमध्ये ३१ जनालाई अदालतले विभिन्न मितिमा धरौटीमा रिहा गरेको छ । यस मुद्दामा ठगिएकामध्ये २६ जना मात्रै मुद्दा प्रक्रियामा अगाडि आएका छन् भने मुद्दा हाल्न नआउनेको संख्या निकै धेरै रहेको देखिन्छ । 

यता मुद्दा दर्ता गराएको पाँच वर्ष बित्दा पनि अदालतले अनुसन्धानमा चासो नदिएको र लाखौं रकम ठगी गरेका एजेन्ट र सञ्चालकहरुलाई अदालतले कारबाही गर्नुका साटो तारेखमा मात्रै छाडेको पीडितहरुको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालयमा पाँच वर्षअघि २६ जनाले दिएको निवेदन अनुसार दुई करोड २९ लाख १३ हजार दुई सय ६६ रुपैयाँ ठगिएको देखिन्छ भने दुई करोड ५३ लाख ८६ हजार ७ सय ३४ रुपैयाँको जाहेरी अझै पनि आउन बाँकी रहेको बताइएको छ । 

ससाना बचतकर्ताहरूलाई धेरै ब्याज हुने, चाहिएको बेला सहजै ऋण लिन सकिने भनेर प्रलोभनमा पारेर एजेन्टहरुले बचत गराएको र आफ्नो स्वार्थमा सहकारीको रकम चलाउनेदेखि लिएर पछि त करोडौ रकम लिएर फरार भएको देखिन्छ । सहकारीका पदाधिकारीहरूले पूर्व योजना नै बनाएर बचतकर्ताहरुको करोडौं रकम ठगेको देखिन्छ । प्रलोभनमा पारेर स–साना वचतकर्ताको रकम सङ्कलन गरेर मनलाग्दी खर्च गर्ने, त्यही साना बचतको दुरुपयोग गरेर आफूहरु आलिसान जीवन बिताउने र बचतकर्तालाई बिचल्लीमा पार्ने गरेको देशभर नै थुप्रै गुनासाहरु आएका छन् ।

जिल्ला अदातलकी श्रेस्तेदार नुतन झाले यस मुद्दामा पक्ष र विपक्षहरुमध्ये विपक्ष व्यक्तिहरु बढी भएकाले न्याय सम्पादनमा ढिलाई भएको बताइन् । उनले यस मुद्दाका ३७ जना प्रतिवादीमध्ये केही प्रतिवादीहरु अझै फरार रहेको, केहीको हकमा साक्षी बकपत्र हुन समेत बाँकी नै रहको र यस्ता मुद्दामा सबै प्रतिवादीहरु चुक्ता नभइसकेको अवस्थामा फैसला गर्न नमिल्ने उनको भनाइ छ  । श्रेस्तेदार झाले यस मुद्दाको अङ्ग पुग्न बाँकी रहेको र पछिल्लो सुनुवाइमा मुद्दाको टिपोट गरी पेश गर्न आदेश भएकाले अहिले टिपोट भइरहेको र टिपोट पूरा भएपछि पेशीमा चढाइने र आउँदा पेशीले नै मुद्दाको सन्दर्भमा केही हुने वा नहुने कुरा तय गर्ने बताइन् । 

पीडित बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ जलेश्वर र जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारसँग पनि न्यायको लागि गुहार लगाइसकेको तर अहिलेसम्म कतैबाट पनि न्याय पाउन नसकेको उनीहरु बताउँछन् ।  ‘‘अहिलेको बचत भोलिको दुःखको साथी हुने आशमा सहकारीमा लगेर बचत ग¥यौं तर सहकारीको कार्यालय, एजेन्ट र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएका छौँ’’ एकै स्वरमा उनिहरुले भने  । जलेश्वरमा सानो व्यापार गर्दै त्यसबाट भएको कमाइबाट घर खर्च काटेर धेरथोर बचत गर्दै आएको रकमहरु एजेन्ट र सञ्चालकले खाएर भागेपछि आफूहरु बिचल्लीमा परेको बचतकर्ताहरुको भनाइ छ ।  

करोडौँ रकम ठगी गरेकाहरुलाई कारबाही गरी आफूहरुलाई न्याय दिनुको साटो अदालतबाट एकपछि अर्को गर्दै एजेन्टहरुलाई तारिखमा छाडिरहेको प्रति बचतकर्ताहरु आक्रोश व्यक्त गरेका छन् । आफूहरुले अब आफ्नो पैसा फिर्ता आउँला भन्ने आशा मारिसकेको उनीहरुको भनाइ छ ।  यस सहकारी संस्थाकै कारण अहिले जिल्लामा सञ्चालित अन्य बचत तथा ऋण सहकारी संस्थाहरुमा पनि बचतकर्ताहरुले बचत गर्न छाड्दै गएको ती बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending