Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

पशुपतिनाथमा सर्वसाधारणका लागि भिडियो तथा फोटो खिच्न रोक लगाएको छैनः गिरी

के हो त वास्तविकता ?

खबरडबली संवाददाता

काठमाडौं । बुढासुब्बा डिजिटलको तर्फबाट बिहीबार एउटा सूचना जारी भयो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनिएको थियो । उक्त क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपी राइट ऐन अन्तर्गत कारबाही हुने भनिएको छ ।

बुढासुब्बाले पशुपति विकास कोषबाट पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि लिएपछि यो सूचना जारी गरेको हो ।

सूचना सार्वजनिक पछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । कतिपयले पशुपतिको दर्शन गर्न मनाई छ, गरे कारबाही हुन्छ भने भो नि भन्दै विरोध गरिरहेका छन् । कतिपयले किन र केका लागि भिडियो खिच्न नपाउने भन्दै प्रश्न गरिरहेका छन् ।

के अव सर्वसाधारणले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाउने हो त ? यो प्रश्नले सबैलाई सोचनीय बनाएको छ । 

फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि पशुपति विकास कोषबाट स्वीकृत प्राप्त बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले सर्वसाधारणका लागि भने भिडियो तथा फोटो खिच्न रोक नलगाएको बताएका छन् । सर्वसाधारणले व्यक्तिगत प्रयोजनका लागि फोटो तथा भिडियो खिच्न पाउने तर व्यावसायिक प्रयोजनका लागि नपाउने उनको भनाई छ ।

‘पशुपतिको फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि मैले प्रयोग गर्ने टेन्डर मार्फत स्वीकृत लिएको छु । व्यक्तिगत प्रयोजनका लागि जसले पनि खिच्न पाउँछ । त्यसमा मैले आपत्ति राखेको छैन’, गिरीले भने ‘पशुपतिको भिडियो हालेपछि विशेष गरेर भारत लगायत विभिन्न ठाउँबाट युट्युबमा कपी राइटको क्लेम आउँछ । त्यसका लागि हामीले रोक लगाएका हौ ।’ पशुपति विकास कोषसँग ५ वर्षका लागि टेन्डर मार्फत भिडियो र फोटोको राइट आफूले लिएको गिरीले खुलाए ।

‘मैले जिम्मा लिएको ६ महिना भैसकेको छ । एक करोड  १४ लाख बैक ग्यारेन्टी छ । महिनाको एक लाख ८० हजार ८ सय रुपैयाँ तिर्छु’, गिरीले थपे ‘यति ठुलो रकम मैले त्यसै तिरेको होइन । त्यहाँको फोटो भिडियो व्यावसायिक प्रायोजनका लागि हो ।’ भिडियो तथा फोटो अन्यले पनि व्यावसायिक प्रयोजन गरिरहेको देखिएकोले आफूले सूचना निकालेको गिरीको भनाई रहेकोछ । ‘मैले कुनै पनि भक्तजनलाई अहिलेसम्म डिस्टप गरेको छैन । मात्र व्यावसायिक प्रयोग नगरिइदिनुस् भनेको हो । त्यो मैले भन्न पाउँछु’ गिरीले थपे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending