काठमाडौं । रौतहट प्रहरीले १८ लाख रुपैयाँ भन्दा बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादव रहेका छन् ।
उनलाई प्रहरीले १ हजार दरको नोट थान १ हजार ८ सय ४३ अर्थात १८ लाख ४३ हजार नगद सहित पक्राउ गरेको हो । देवाही गोनाही नगरपालिका– ८ पटेल चौक नजिकबाट यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।
नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटिएम भिसा कार्ड ५ थान, चेक ३ थान र मोबाइल एक थान बरामद भएको डिएसपी गिरीको भनाइ छ । पक्राउ परेका यादवलाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय रौतहटका विभिन्न ग्रामिण बजारबाट फाटफुट रुपमा नक्कली नोट बरामद हुन थालेपछि प्रहरीले आफ्नो संयन्त्र प्रयोग गर्दै गोप्य सूचनाका आधारमा सो रकम बरामद गरेको हो ।
ब्यपारीलाइ धम्काएर पैसा माग्ने पक्राउ
यस्तै, प्रहरीले धाकधम्की दिई फिरौती रकम माग्ने फतुवा विजयपुर नगरपालिका–८ का ३४ वर्षीय भगवान साहलाई पक्राउ गरेको छ ।
एक जना व्यापारीलाई पटक पटक फोन गरी ज्यान मार्ने धम्की दिएर ५ लाख देखि ५० लाख रुपैयाँसम्म रकम मागेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका साहलाई आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिएकी छिन् ।
काठ तस्करी अभियोगमा दुई पक्राउ
उता, डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले बुधबार राति पिकअप भ्यानसहित काठ बरामद गरेको छ । जंगलसहिया सब डिभिजन वन कार्यालयअन्तर्गतको जंगलबाट सो काठ बरामद भएको हो ।
डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्णको नेतृत्वमा गएको टोली र जंगलसहिया सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत आरिफ हुसेनको नेतृत्वमा गएको टोलीले सो काठ, पिकअप भ्यान र २ जना काठ तस्कर पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकारी बिमल ठाकुरले जानकारी दिए ।
काठको साथसाथै जितपुर सिमरा उपमहानगरपालिका–२३ का आजम हुसेन र निजगढ–९ सिंगौलका अजयकुमार चौधरीसमेत पक्राउ परेको उनले जानकारी दिए ।
यस अघि मंगलबार पनि बृन्दावन नगरपालिका–८ बरगजवा टोलबाट पनि करिब ५० क्युफिट काठ गरुडा प्रहरीले पक्राउ गरेको थियो ।
केही दिनयता रौतहटका जंगलमा काठ तस्करहरु सल्बलाएको पाइएको छ । वलरी क्षेत्रबाट सर्लाहीका तस्करहरु सक्रिय छन भने रंगपुर तथा जंगलसहिया वन क्षेत्रमा बाराका काठ तस्करहरु सक्रिय रहेको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: