काठमाडौं । याे वर्ष कक्षा ५ को पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने भएकाे छ । सरकारले यस वर्ष १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक मात्र निजी प्रकाशन गृहलाई छाप्न दिने भए पश्चात कक्षा पाँचकाे पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने भएकाे हाे ।
गत वर्ष सरकारी स्वामित्वको जनक शिक्षा सामग्री कम्पनीले समयमा छाप्न नसकेको भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको थियो । केन्द्रले भने ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक छापेको थियो ।
यस वर्ष भने १ देखि ४ कक्षासम्मको पुस्तक निजी प्रकाशकले र ५ देखि १० सम्मको पुस्तक जनक शिक्षाले छाप्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।
गत वर्ष १ देखि ५ सम्मको एक करोड २० लाख थान पुस्तक छपाइका लागि १३ वटा निजी प्रकाशकलाई जिम्मा दिइएको थियो । ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक भने जनक शिक्षाले छापेको थियो ।
मन्त्रालयका अनुसार यस वर्ष जनक शिक्षाले गत वर्ष भन्दा धेरै पुस्तक छाप्न सक्ने बताएपछि ५ कक्षाको पुस्तक छाप्न दिइएको हो । जनक शिक्षाको क्षमता र निजीसँगको सहकार्यको अनुभव र समयसीमाभित्र पाठ्यपुस्तक छपाई गरिसक्नुपर्ने कुरालाई दृष्टिगत गर्दै यो वर्ष १ देखि ४ निजीलाई र ५ देखि १० जनक शिक्षालाई दिनु उपयुक्त देखिएको प्रवक्ता सापकोटाले बताए ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार कक्षा ५ को लागि करिब साढे चार लाख सेट पुस्तक प्रकाशन गर्नुपर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: