काठमाडौं । याे वर्ष कक्षा ५ को पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने भएकाे छ । सरकारले यस वर्ष १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक मात्र निजी प्रकाशन गृहलाई छाप्न दिने भए पश्चात कक्षा पाँचकाे पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने भएकाे हाे ।
गत वर्ष सरकारी स्वामित्वको जनक शिक्षा सामग्री कम्पनीले समयमा छाप्न नसकेको भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिइएको थियो । केन्द्रले भने ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक छापेको थियो ।
यस वर्ष भने १ देखि ४ कक्षासम्मको पुस्तक निजी प्रकाशकले र ५ देखि १० सम्मको पुस्तक जनक शिक्षाले छाप्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।
गत वर्ष १ देखि ५ सम्मको एक करोड २० लाख थान पुस्तक छपाइका लागि १३ वटा निजी प्रकाशकलाई जिम्मा दिइएको थियो । ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक भने जनक शिक्षाले छापेको थियो ।
मन्त्रालयका अनुसार यस वर्ष जनक शिक्षाले गत वर्ष भन्दा धेरै पुस्तक छाप्न सक्ने बताएपछि ५ कक्षाको पुस्तक छाप्न दिइएको हो । जनक शिक्षाको क्षमता र निजीसँगको सहकार्यको अनुभव र समयसीमाभित्र पाठ्यपुस्तक छपाई गरिसक्नुपर्ने कुरालाई दृष्टिगत गर्दै यो वर्ष १ देखि ४ निजीलाई र ५ देखि १० जनक शिक्षालाई दिनु उपयुक्त देखिएको प्रवक्ता सापकोटाले बताए ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार कक्षा ५ को लागि करिब साढे चार लाख सेट पुस्तक प्रकाशन गर्नुपर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: