Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो

खबरडबली संवाददाता

काठमाडौं । सांसदहरुले नेपाल पर्यटन बोर्डको कार्यशैलीमाथि चासो जनाउँदै बोर्डले उद्देश्य विपरितका कार्यक्रममा महत्त्व दिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा उनिहरुले बोर्डको काम कारबाहीबारे जानकारी लिँदै अन्तर्राष्ट्रिय बजारीकरणमा रणनीतिक कार्यक्रमका साथ जानुपर्नेमा ठीक विपरित दिशामा अघि बढेको उल्लेख गरे।

सार्वजनिक निजी साझेदारीको नमूनाका रुपमा रहेको बोर्डको संरचना र कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसदहरुले गठन हुनुको उद्देश्य विपरितका कार्यक्रम गरिरहेको भन्दै बोर्डले मुख्य कामभन्दा अन्यत्र विषयलाई प्राथमिकता दिएको बताए ।

बजेटको ६० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्नुपर्नेमा विगत ४० वर्षदेखि हुँदै आएको ‘वल्र्ड टुरिज्म मार्ट’ ९डब्लुटिएम० मा सहभागी हुन नसक्नुका कारणबारे सांसदहरुले जावाफ माग गरे ।

विश्वकै ठूलो टुरिज्म मार्टको रुपमा रहेको संयुक्त अधिराज्य बेलायतमा हुने ठूलो पर्यटन मेला डब्लुटिएमलगायत चालु आवमा कुनै पनि अन्तर्राष्ट्रिय मार्टमा बोर्डले सहभागिता नजनाउनुका कारणबारे सांसदहरुले जिज्ञासा राखेका थिए ।

नीतिगत रुपमा व्यवस्था नभए पनि बोर्डको जम्मा बजेटको ६० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरण गर्न खर्च गर्नुपर्ने प्रावधान रहेको बोर्डले उल्लेख गरेको छ । झण्डै रु दुई अर्ब बजेटमध्ये बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धन, आन्तरिक गन्तव्य प्रवर्द्धन, पूर्वाधार विकास, धार्मिक पर्यटनलगायतमा खर्च गर्ने गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले पर्यटक आकर्षण गर्न अन्तर्राष्ट्रिय बजारीकरणलाई नीतिगत सुधार गरिनुपर्ने बताए । उनले नारायण सङ्ग्रहालयलाई ‘ग्राण्ड म्युजियम’ बनाउनुुपर्ने धारणा व्यक्त गरे।

सांसद वर्षामान पुनले बोर्ड उद्देश्य विपरित गएको सञ्चार माध्यममा आएको बताए । उनले भूगोल सम्मेलन लगायत अन्य विषयमा खर्च गर्ने गरेको भन्दै बोर्डले आफ्नो मुख्य दायित्वतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।

सांसद पुनले नेपाल अथाह पर्यटकीय सम्भावना रहेको मुलुक भएको उल्लेख गर्दै छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्ययोजनासहित अघि बढ्न बोर्डलाई सुझाव दिए ।

सांसद भीमप्रसाद आचार्यले बोर्डलाई समयसापेक्ष नीतिगत सुधार गरी ‘डिजिटल मार्केटिङ’ मा केन्द्रित हुन आग्रह गरे । उनले स्पष्ट पर्यटन रणनीति नभएको जनाउँदै मन्त्री र सचिव फेरिने वित्तिकै योजना तथा कार्यक्रम परिमार्जन हुने प्रवृत्तिले दिगो पर्यटन विकासमा ह्रास आएको उल्लेख गरे ।

सांसद उदयशम्शेर जबराले बोर्डको उद्देश्य अनुरुप ६० प्रतिशत बजेट अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खर्च गर्नुपर्ने भए पनि पर्यटन क्षेत्रभन्दा बाहिरका विभिन्न कार्यक्रममा किन करौडौँ रकम खर्च गरिरहेको भनी प्रश्न गरे। उनले एक भूगोल सम्मेलनमा रु पाँच करोड खर्च भएको भनिएको विषयमा समितिलाई स्पष्ट जवाफ दिन माग गरे । डब्लुटिएम जस्ता कार्यक्रममा सहभागिता नजनाउनु बोर्डको असक्षमता भएको उनको भनाइ थियो ।

सांसद एकनाथ ढकालले बोर्डको प्रवर्द्धन गर्दा प्रविधिमैत्री हुनुपर्ने धारणा राखे । भूगोल सम्मेलनलगायत अनावश्यक विषयमा बोर्ड जिम्मेवारी बाहिरका गतिविधिमा संलग्न भएको भन्दै उनले गुणस्तरीय पर्यटक भित्र्याउन रणनीतिक कार्यक्रमका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।

सांसद प्रभु साहले बोर्डको बजारीकरण प्रभावकारी नभएको तथा संरचना र कार्यशैलीमाथि नै प्रश्न उठेको भन्दै बोर्डको कार्यशैली परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । सांसद सुनिता बरालले सङ्घीय संरचना अनुरुप बार्डले प्रविधिमैत्री प्रभावकारी बजारीकरण गर्न जरुरी रहेकामा जोड दिए ।

समितिका सभापति राजकिशोर यादवले बोर्डका बारेमा स्थलगत अवलोकन र छलफलपछि आवश्यक निर्णय लिइने जानकारी दिए। उनले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगटेकाले विद्यमान कार्यशैली र बजारीकरण प्रभावकारी बनाउन समितिले सक्रियतापूर्वक छलफल गरी निर्णय लिने बताए ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डको गतिविधिबारे समितिमा प्रस्तुति गरेका थिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दिपक काफ्ले, बोर्डका प्रमुखलगायत उपस्थित थिए  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending