काठमाडौं । नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष २०८० अन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ। युनियनको केन्द्रीय प्रशिक्षण विभागको प्रथम बैठकले केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी एवं सदस्यका लागि संगठन, नेतृत्व विकास एवं क्षमता अभिवृद्धिको प्रशिक्षक प्रशिक्षणसहितका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो।
प्रशिक्षण विभागका प्रमुख एवं युनियनका उपाध्यक्ष नकुल अर्यालको अध्यक्षतामा बसेको बैठकले माघ पहिलो साता ५ दिने विशिष्टीकृत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको हो। त्यस्तै युनियनको केन्द्रीय कार्यालयमा साप्ताहिक रुपमा प्रशिक्षणात्मक अन्तरक्रिया श्रृखंला सञ्चालन गर्ने निर्णय भएको विभागका प्रमुख अर्यालले जानकारी दिए।
विभागले घोषणा गरेका कार्यक्रमहरूले नेपाल प्रेस युनियनले घोषणा गरेको प्रशिक्षण वर्ष सफल पार्न र अलोकतन्त्रवादी पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने अर्यालको भनाई छ। प्रशिक्षण कार्यक्रमहरू युनियनको प्रदेश समिति र शाखासँग समन्वय गरेर नियमित सञ्चालन गरिनेछ।
बैठकमा उपस्थित युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले युनियन आवद्ध देशभरका पत्रकारले क्षमता अभिवृद्धिको अवसर पाउनेगरी कार्यक्रम सञ्चालन गर्न विभागलाई निर्देशन दिए। युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षण, सूचनाको हक प्रबर्द्धन, सुशासन एवं पारदर्शिता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गर्न प्रशिक्षण कार्यक्रमहरू सफल हुने विश्वास लिएको छ।
प्रशिक्षण विभागले स्थानीय आवश्यकता अनुसारको प्रशिक्षण कार्यक्रमको खाका बनाउन सबै शाखासँग अन्तरक्रिया र सुझाव संकलन गर्ने निर्णयसमेत गरेको छ। जिल्ला शाखाहरूससँगको समन्वयमा हरेक शाखामा कम्तीमा १ प्रशिक्षण सञ्चालन गर्ने निर्णय विभागले गरेको छ।
युनियनको प्रशिक्षण विभागमा वरिष्ठ पत्रकारहरू प्रकाश रिमाल, शालीक सुवेदी, शिरोमणि ढुंगाना, मनोज जोशी, उपमहासचिव रवीन्द्र सुवेदी, सचिव खगेन्द्र भण्डारी र केन्द्रीय सदस्य सविना पौडेल रहेकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: