Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

छोरीको विवाहका लागि मौलापुर नगरपालिकाको आर्थिक सहयोग

खबरडबली संवाददाता

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले छोरीको विवाहका लागि आर्थिक सहयोग गरेको छ । नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत नगरवासीलाई आर्थिक सहयोग गरेको हो । 

‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको २ करोड ६६ लाख रकम तिरेको एक महिना नवित्दै  अर्को उदाहरणीय काम गरेको हो । ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत आज ५० भन्दा बढी गरिब परिवारलाई ३० हजारका दरले १५ लाख भन्दा बढीको अनुदान रकमको चेक हस्तानान्तरण गरिएको नगरपालिकाले जनाएको  छ । 

मौलापुरकी मेयर रिनाकुमारी साहले नगरपालिकामा आयोजित एक विशेष कार्यक्रम मार्फत चेक हस्तानान्तरण गरेकी हुन् ।

मेयर साहको विशेष पहलमा उमेर पुगेकी छोरीको विवाहका लागि आर्थिक सहयोग गर्ने उदेश्यले मौलापुर नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ विगतदेखी नै सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमबाट विपन्न बर्गका व्यक्तिहरु लाभान्वित भएका छन् ।

छोरीको विवाहमा खर्च अधिक हुनेहुँदा विपन्न वर्गका अभिभावकलाई ठुलो आर्थिक संकट पर्ने गरेको कारण नगरपालिकाले गरिब तथा विपन्न वर्गका उमेर पुगेका छोरीको विवाहमा ३० हजार रुपैया आर्थिक सहयोग गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत ५० जना व्यक्तिले ३० हजारका दरले रकम पाएका हुन् ।

मौलापुरकी मेयर साहले ‘असहायके साथ मेयर कार्यक्रम’, ‘फ्रि विजुली र फ्रि पानी’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नगरवासीलाई सेवा गरेको अहिले मधेस प्रदेशका साथै देशैभरी चर्चा भईरहेको छ ।  यस्तो कार्यक्रमले अहिले उनको  चौतर्फी प्रशंसा  भईरहेको छ ।

मौलापुर नगरपालिकाका प्रवक्ता चण्डेश्वर वैठाका अनूसार ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत अहिले सम्म हजार भन्दा बढी व्यक्तिले यो सुविधा पाईसकेका छन् । यस कार्यक्रमले विवाहका लागि हरेक परिवारमा राहत महशुस हुनुका साथै सहयोग पुग्ने भएकाले आउँने दिनमा समेत यो कार्यक्रम निरन्तर रहने उनले बताए ।

यस अघि ४ पुसमा मेयर साहले नगरपालिकाको तर्फबाट ‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण शुल्क बुझाएकी थिईन् । यो आर्थिक बर्षको मंसिरसम्मको २ करोड ६६ लाखको चेक नेपाल विधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई मेयर साहले बुझाएकी हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending