रौतहट । रौतहटको मौलापुर नगरपालिकाले छोरीको विवाहका लागि आर्थिक सहयोग गरेको छ । नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत नगरवासीलाई आर्थिक सहयोग गरेको हो ।
‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको २ करोड ६६ लाख रकम तिरेको एक महिना नवित्दै अर्को उदाहरणीय काम गरेको हो । ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत आज ५० भन्दा बढी गरिब परिवारलाई ३० हजारका दरले १५ लाख भन्दा बढीको अनुदान रकमको चेक हस्तानान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
मौलापुरकी मेयर रिनाकुमारी साहले नगरपालिकामा आयोजित एक विशेष कार्यक्रम मार्फत चेक हस्तानान्तरण गरेकी हुन् ।
मेयर साहको विशेष पहलमा उमेर पुगेकी छोरीको विवाहका लागि आर्थिक सहयोग गर्ने उदेश्यले मौलापुर नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ विगतदेखी नै सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमबाट विपन्न बर्गका व्यक्तिहरु लाभान्वित भएका छन् ।
छोरीको विवाहमा खर्च अधिक हुनेहुँदा विपन्न वर्गका अभिभावकलाई ठुलो आर्थिक संकट पर्ने गरेको कारण नगरपालिकाले गरिब तथा विपन्न वर्गका उमेर पुगेका छोरीको विवाहमा ३० हजार रुपैया आर्थिक सहयोग गर्दै आएको छ । सोही कार्यक्रम अन्तरगत ५० जना व्यक्तिले ३० हजारका दरले रकम पाएका हुन् ।
मौलापुरकी मेयर साहले ‘असहायके साथ मेयर कार्यक्रम’, ‘फ्रि विजुली र फ्रि पानी’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नगरवासीलाई सेवा गरेको अहिले मधेस प्रदेशका साथै देशैभरी चर्चा भईरहेको छ । यस्तो कार्यक्रमले अहिले उनको चौतर्फी प्रशंसा भईरहेको छ ।
मौलापुर नगरपालिकाका प्रवक्ता चण्डेश्वर वैठाका अनूसार ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत अहिले सम्म हजार भन्दा बढी व्यक्तिले यो सुविधा पाईसकेका छन् । यस कार्यक्रमले विवाहका लागि हरेक परिवारमा राहत महशुस हुनुका साथै सहयोग पुग्ने भएकाले आउँने दिनमा समेत यो कार्यक्रम निरन्तर रहने उनले बताए ।
यस अघि ४ पुसमा मेयर साहले नगरपालिकाको तर्फबाट ‘फ्रि विजुली र फ्रि पानी’ कार्यक्रम अन्तर्गत नगरवासीको घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण शुल्क बुझाएकी थिईन् । यो आर्थिक बर्षको मंसिरसम्मको २ करोड ६६ लाखको चेक नेपाल विधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई मेयर साहले बुझाएकी हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: