काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा स्वीकृत भएपछि राजीनामा दिनुको कारण खुलाएको छन् । एक महिनाअघि उनले पदबाट दिएको राजीनामा बिहीबार मात्रै स्वीकृत भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले चालेको भ्रष्टाचार विरोधी कदम बिचमै तुहिएको दाबीसहित उनले पदबाट राजीनामा दिएको खुलासा भएको हो ।
गजुरेलको मंसिर २० को राजीनामा पत्रमा भनिएको छ, ‘सरकारले भ्रष्टाचार विरोधी सङ्घर्षलाई तार्किक निष्कर्षमा पुयाउँदैन कि भन्ने जनताको आशङ्कालाई हामीले पछिल्ला दिनहरूमा मेटाउन सकेनौँ । आफ्नो सन्दर्भमा माओवादीले के गर्छ भन्ने जनताको शङ्कालाई पनि हामीले निराकरण गर्न सकेनौँ । हाम्रा यिनै कमजोरीमा टेकेर टपरटुइयाँहरुले टाउको उठाउने मौका पाएका छन् । जुन अत्यन्तै दु:खद कुरा हो। जनअपेक्षा पुरा गर्ने वातावरण नभएको वर्तमान अवस्थामा जिम्मेवारीमा रहिरहन उचित नहुने भएकाले आजकै मितिदेखि मुख्य सल्लाहकारको जिम्मेवारीबाट अलग रहने निर्णय लिएको छु ।’ जुन राजीनामा एक महिना होल्ड भएर बिहीबार पुरानैमा स्वीकृत भएको जानकारी प्रधानमन्त्रीको सचिवालयबाट दिइएको थियो ।
मुख्यत: सरकारको तर्फबाट प्रधानमन्त्रीले अगाडि बढाएको भ्रष्टाचारविरुद्धको सङ्घर्षलाई केन्द्रमा राखेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा वातावरण बनाउन र नेतृत्वलाई सजग गराउन गरेका सुरुवाती प्रयासहरूले जनतामा एकदमै राम्रो छाप परेको गजुरेलको भनाइ छ । ‘वास्तवमै भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको सङ्घर्ष गर्व गर्न लायक थियो । यसमा आमजनताको साथ र सहयोग अभूतपूर्व रह्यो । परिवर्तन विरोधीहरुको मुख बन्द भयो’, पत्रमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: