काठमाडौं। आम जनता पार्टीले शुरू गरेको भन्सार बिभागको घेराउ अझ सशक्त बनाउने भएको छ ।
आम सम्पर्क मञ्चले भन्सारमा रहेको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आन्दोलन गरेको आज १९ दिन पुगेको छ । झण्डै चार महिना देखि जारी आन्दोलनको न्यायोचित मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकार शान्तिपूर्ण धर्नामाथी हस्तक्षेप गरिरहेकोले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प न रहेको आजपाका उपाध्यक्ष तिलक थपामगरले बताए ।
‘भन्सारको कमिशनको ठूलो रकम बालुवाटार त पुगेको छैन रु’ भन्ने थापामगरको प्रश्न छ । आफूहरुले भन्सारमा हुने लुटतन्त्रबारे ध्यानाकार्षण गराउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष यसअघि नै ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै आज आन्दोलनको १९ औं दिन आई सक्दा पनि सरकारको जिम्मेवार निकायबाट कुनै प्रतिक्रिया नआउनुले यसमा सबै निकाय र माथिल्लो तहसम्म भन्सारको कमिशन पुग्ने गरेको निश्कर्ष निकालेको थापाको दाबी छ ।
आम सम्पर्क मञ्चले भन्सारमा कमिशनबाट पुरस्कृत हुने कर्मचारी र पुरस्कारको राशि सार्वजनिक गर्न माग गरेको छ । भन्सार घेराउको क्रममा आन्दोलनकारीहरुले “भन्सारमा ४५ प्रतिशत रकमले पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गर्न र भन्सार छली नियन्त्रणको नाममा प्रहरीद्वारा भईरहेको छिनछोर बन्द गर्न” माग गर्दै आएका छ्न ।
देशको आर्थिक संकट सुधारको लागि राजस्व चुहावट रोक्न जरुरी रहेको आजपाको भनाई छ । ‘यसरी पुरस्कारको नाममा भन्सारबाट उठेको रकम झण्डै ५० प्रतिशत सिधै मन्त्री एवं उच्चपदस्थ कर्मचारीको खातामा जानु कुनै हिसाबले सही होइन,’ थापाले भने, ‘भन्सारमा भईरहेको भ्रष्टाचारजन्य कार्य रोक्न र सिमा क्षेत्रको जनताको मनोबल उठाउन गरिएको आन्दोलन झण्डै ४ महिना पुगिसक्दा समेत सरकारले कुनै सुनुवाई नगर्नु दु:खद् हो । यस जनपक्षीय कार्यमा सबैको सहयोगको लागि विशेष अनुरोध गर्दछु ।’
आम सम्पर्क मञ्चले भन्सारको कमिसन लुटकारी व्यवस्था भएको भन्दै त्यस बिरुद लामो समय देखी आन्दोलन गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: