काठमाडौं। आम जनता पार्टीले शुरू गरेको भन्सार बिभागको घेराउ अझ सशक्त बनाउने भएको छ ।
आम सम्पर्क मञ्चले भन्सारमा रहेको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आन्दोलन गरेको आज १९ दिन पुगेको छ । झण्डै चार महिना देखि जारी आन्दोलनको न्यायोचित मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकार शान्तिपूर्ण धर्नामाथी हस्तक्षेप गरिरहेकोले आन्दोलनलाई सशक्त बनाउनुको विकल्प न रहेको आजपाका उपाध्यक्ष तिलक थपामगरले बताए ।
‘भन्सारको कमिशनको ठूलो रकम बालुवाटार त पुगेको छैन रु’ भन्ने थापामगरको प्रश्न छ । आफूहरुले भन्सारमा हुने लुटतन्त्रबारे ध्यानाकार्षण गराउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष यसअघि नै ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै आज आन्दोलनको १९ औं दिन आई सक्दा पनि सरकारको जिम्मेवार निकायबाट कुनै प्रतिक्रिया नआउनुले यसमा सबै निकाय र माथिल्लो तहसम्म भन्सारको कमिशन पुग्ने गरेको निश्कर्ष निकालेको थापाको दाबी छ ।
आम सम्पर्क मञ्चले भन्सारमा कमिशनबाट पुरस्कृत हुने कर्मचारी र पुरस्कारको राशि सार्वजनिक गर्न माग गरेको छ । भन्सार घेराउको क्रममा आन्दोलनकारीहरुले “भन्सारमा ४५ प्रतिशत रकमले पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गर्न र भन्सार छली नियन्त्रणको नाममा प्रहरीद्वारा भईरहेको छिनछोर बन्द गर्न” माग गर्दै आएका छ्न ।
देशको आर्थिक संकट सुधारको लागि राजस्व चुहावट रोक्न जरुरी रहेको आजपाको भनाई छ । ‘यसरी पुरस्कारको नाममा भन्सारबाट उठेको रकम झण्डै ५० प्रतिशत सिधै मन्त्री एवं उच्चपदस्थ कर्मचारीको खातामा जानु कुनै हिसाबले सही होइन,’ थापाले भने, ‘भन्सारमा भईरहेको भ्रष्टाचारजन्य कार्य रोक्न र सिमा क्षेत्रको जनताको मनोबल उठाउन गरिएको आन्दोलन झण्डै ४ महिना पुगिसक्दा समेत सरकारले कुनै सुनुवाई नगर्नु दु:खद् हो । यस जनपक्षीय कार्यमा सबैको सहयोगको लागि विशेष अनुरोध गर्दछु ।’
आम सम्पर्क मञ्चले भन्सारको कमिसन लुटकारी व्यवस्था भएको भन्दै त्यस बिरुद लामो समय देखी आन्दोलन गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: