चितवन । नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो ।
उक्त नदीको चितवन र नवलपरासीतर्फ पाँच–पाँचवटा ठेक्का लगाएर गत वर्ष काम थालिएकोे थियो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहरकुमार साहका अनुसार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएर ठेक्का लगाइएका तटबन्धका लागि थप बजेट निकासा नहुँदा काम रोकिएको हो ।
तटबन्धका लागि रु चार अर्ब ७२ करोड बजेट छुट्याइएकामा विभिन्न चरणको ठेक्काका लागि रु तीन अर्ब ९५ करोडमा सम्झौता गरिएको थियो । चालु आर्थिक वर्षमा खरिद गुरुयोजनाअनुसार थप रु एक अर्ब १३ करोड आवश्यक पर्नेमा जम्मा रु १६ करोड ४० लाखमात्रै बजेट विनियोजन भएको छ । त्यस रकमबाट गत वर्षको बाँकी भुक्तानी गरिएको छ । गत असारसम्म काम सम्पन्न भई प्राप्त बिलको भुक्तानी गर्नुपर्ने रकम रु ४२ करोड ४७ लाख बाँकी छ । सो रकम भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम लगाउन नसकिएको उनहाँले बताए।
आयोजना प्रमुख साहले भने, “भुक्तानी नपाएका कारण निर्माण कम्पनीहरूले काममा उत्सुकता देखाएका छैनन् ।” थप काम गर्न नसक्दा विगत वर्षहरूमा बनेका अपूरो काम आउँदो वर्षात्मा बिग्रन सक्ने उनले बताए। कतिपय ठाउँमा तटबन्ध बने पनि संरक्षणका लागि लगाउनुपर्ने ब्लक, जाली, ढुङ्गा राख्न नपाइएकाले अधुरै भएको उनको भनाइ थियो । आयोजना प्रमुख साहले भने, “नदीका अपूरो काम पूरा गर्न नसक्दा थप नोक्सान हामीले व्यहोर्नुपर्ने देखिएको छ ।”
नदी तटबन्धका लागि निरन्तर पहल गरिरहेको भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता भई काम भएको निर्माण कम्पनीलाई भुक्तानी गरेर काम अघि बढाउन ताकेता गर्दै आएको छ । महानगरप्रमुख रेनु दाहालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र महानिर्देशकसँग पटक–पटक यस विषयमा कुरा भएको बताए।
आउँदो वर्षायाम अघि काम हुन नसकेमा गत वर्ष बनेका संरचना बगाउने र स्थानीयस्तरमा समेत क्षति हुनसक्ने भएकाले तत्काल काम सुरु गर्न विभिन्न चरणमा आग्रह गरिएको उनको भनाइ थियो । महनगरप्रमुख दाहालले भने, “सकारात्मक आश्वासन प्राप्त भएको छ, मलाई विश्वास छ छिट्टै बजेट निकासा भएर काम सुरु हुन्छ ।”
कतिपय तटबन्धको काम चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने भएकाले समय मिलाएर काम गर्नुपर्ने हुन्छ । त्यहाँ नदीमा रहेका जलचरलाई असर नपर्ने गरी समय मिलाउनुपर्ने अवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: