Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

नारायणी तटबन्धको काम रोकिँदा बनेका संरचना बगाउने चिन्ता

खबरडबली संवाददाता

चितवन । नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो ।

उक्त नदीको चितवन र नवलपरासीतर्फ पाँच–पाँचवटा ठेक्का लगाएर गत वर्ष काम थालिएकोे थियो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहरकुमार साहका अनुसार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएर ठेक्का लगाइएका तटबन्धका लागि थप बजेट निकासा नहुँदा काम रोकिएको हो ।

तटबन्धका लागि रु चार अर्ब ७२ करोड बजेट छुट्याइएकामा विभिन्न चरणको ठेक्काका लागि रु तीन अर्ब ९५ करोडमा सम्झौता गरिएको थियो । चालु आर्थिक वर्षमा खरिद गुरुयोजनाअनुसार थप रु एक अर्ब १३ करोड आवश्यक पर्नेमा जम्मा रु १६ करोड ४० लाखमात्रै बजेट विनियोजन भएको छ । त्यस रकमबाट गत वर्षको बाँकी भुक्तानी गरिएको छ । गत असारसम्म काम सम्पन्न भई प्राप्त बिलको भुक्तानी गर्नुपर्ने रकम रु ४२ करोड ४७ लाख बाँकी छ । सो रकम भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम लगाउन नसकिएको उनहाँले बताए।

आयोजना प्रमुख साहले भने, “भुक्तानी नपाएका कारण निर्माण कम्पनीहरूले काममा उत्सुकता देखाएका छैनन् ।” थप काम गर्न नसक्दा विगत वर्षहरूमा बनेका अपूरो काम आउँदो वर्षात्मा बिग्रन सक्ने उनले बताए। कतिपय ठाउँमा तटबन्ध बने पनि संरक्षणका लागि लगाउनुपर्ने ब्लक, जाली, ढुङ्गा राख्न नपाइएकाले अधुरै भएको उनको भनाइ थियो । आयोजना प्रमुख साहले भने, “नदीका अपूरो काम पूरा गर्न नसक्दा थप नोक्सान हामीले व्यहोर्नुपर्ने देखिएको छ ।”

नदी तटबन्धका लागि निरन्तर पहल गरिरहेको भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता भई काम भएको निर्माण कम्पनीलाई भुक्तानी गरेर काम अघि बढाउन ताकेता गर्दै आएको छ । महानगरप्रमुख रेनु दाहालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र महानिर्देशकसँग पटक–पटक यस विषयमा कुरा भएको बताए।

आउँदो वर्षायाम अघि काम हुन नसकेमा गत वर्ष बनेका संरचना बगाउने र स्थानीयस्तरमा समेत क्षति हुनसक्ने भएकाले तत्काल काम सुरु गर्न विभिन्न चरणमा आग्रह गरिएको उनको भनाइ थियो । महनगरप्रमुख दाहालले भने, “सकारात्मक आश्वासन प्राप्त भएको छ, मलाई विश्वास छ छिट्टै बजेट निकासा भएर काम सुरु हुन्छ ।”

कतिपय तटबन्धको काम चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने भएकाले समय मिलाएर काम गर्नुपर्ने हुन्छ । त्यहाँ नदीमा रहेका जलचरलाई असर नपर्ने गरी समय मिलाउनुपर्ने अवस्था छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending