रामेछाप। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको शान्तिपूर्ण शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन ।
बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताएको हो।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह थियो। त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन, तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो। त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्यो। त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो ।’
‘हामी अहिले पनि क्रान्तिमै छौं। क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ,’ उनले भने, ‘हामी समाजवादको लक्ष्यमा छौं। त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो।’
प्रधानमन्त्रीले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको बताए ।
कार्यक्रममा बेथानका शहिदहरू तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मानका साथै शहिद स्मारकको उद्घाटन गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: