Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

राष्ट्रिय सभा निर्वाचन: आयोगले फेर्‍यो निर्वाचन अधिकृत, को-कहाँ ?

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिाय सभा सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरिएको छ । यसअघि नियुक्त गरिएका निर्वाचन अधिकृत उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकोसहित कारण देखाउँदै निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृत तोकेको हो । 

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनका लागि कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङ, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद संजेल, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीराम आचार्य, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार बिहीबारबाटै लागु हुनेगरी उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।

यसअघि निर्वाचन अधिकृत नियुक्त जिल्ला न्यायाधीशहरू कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि  विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याल न्याय परिषद्को १८ पुसको निर्णयबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका र बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यसम्पादन गर्न नियुक्त भएका निर्वाचन अधिकृत महेन्द्र बहादुर कार्कीले आफूलाई स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको भनी निवेदन पेश गरेकाले उनीहरुको स्थानमा बिहीबार नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक बन्दसूचीमाथि निर्वाचन आयोगको थाल्यो छानबिन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...

कमल थापाले छाडेपछि संगठनभित्र एक प्रकारको रिक्तता सिर्जना भएको थियो: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...

प्रधानमन्त्रीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु

काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...

पेरुमा रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना  घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...

समानुपातिक बन्दसूचीमा मेरो नातेदार छैनन्, केहि त्रुटिहरु भए सच्याउछौ: कुलमान घिसिङ

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...

राप्रपा र राप्रपा नेपालबीच एकतापछि कमल थापा: रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो

ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...

बालेन शाह परिवर्तनको झिल्को: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...

ओलीलाई जवाफ मैले दिनुपर्दैन, भोट हाल्ने जनताले दिनुहुनेछ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending