काठमाडौं। राष्ट्रिाय सभा सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरिएको छ । यसअघि नियुक्त गरिएका निर्वाचन अधिकृत उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकोसहित कारण देखाउँदै निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृत तोकेको हो ।
आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनका लागि कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङ, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद संजेल, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीराम आचार्य, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार बिहीबारबाटै लागु हुनेगरी उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।
यसअघि निर्वाचन अधिकृत नियुक्त जिल्ला न्यायाधीशहरू कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याल न्याय परिषद्को १८ पुसको निर्णयबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका र बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यसम्पादन गर्न नियुक्त भएका निर्वाचन अधिकृत महेन्द्र बहादुर कार्कीले आफूलाई स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको भनी निवेदन पेश गरेकाले उनीहरुको स्थानमा बिहीबार नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: