Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

किसानलाई कृषि सामग्री वितरण

खबरडबली संवाददाता

चितवन ।  चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकाले सुन्तलाखेती गर्ने उत्कृष्ट कृषि समूह र सहकारीमा आबद्ध किसानलाई बुधबार कृषि सामग्री वितरण गरेको हो । 

गाउँपालिकाले ६० वटा क्रेट, कृषिजन्य, तरकारी तौल गर्ने छवटा डिजिटल मेसिन, एक हजार किलो कृषि चुन, एक सय किलो शुष्म पोषण तत्व, सुन्तला टिप्न प्रयोग गरिने २४ वटा कैँची पाँचवटा कृषि समूह र एक सहकारीलाई कृषि सामग्री वितरण गरिएको जनाएको छ ।

सुन्तला महोत्सवको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षीमन्त्री डा राजेन्द्रमान श्रेष्ठले किसानलाई ती सामग्री वितरण गरेका हुन् । सो अवसरमा श्रेष्ठले सामूहिक खेतीमा जोड दिन सुझाव दिए । 

मन्त्री श्रेष्ठले भने, “हामीले एक्लाएक्लै खेती धेरै गरयौँ, समस्यासँग जुध्न जानेनौँ सकेनौँ पछाडि पर्दै गयौँ, त्यसैले अब हामी सामूहिक ढङ्गले कृषि गर्ने कुरामा जोडिरहेका छौँ ।” उनले बागमती प्रदेश सरकारले सामूहिक खेतीका लागि अनुदानको व्यवस्था गरेको बताए । प्रत्येक पालिकाको एउटा वडामा एउटा कृषि उपजका रूपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेको जानकारी दिए ।

“सामूहिककरणका लागि केही दिनमै हामी प्रत्येक पालिकाको एउटा वडालाई एउटा कृषि उपजको रूपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेका छौँ । प्रदेश सरकारले तत्कालै रु ४० लाखभन्दा बढी अनुदान दिने छौँ”, उनले भने, “त्यसमा पालिकाबाट १५ प्रतिशत र कृषकबाट १५ प्रतिशत लागानी हुने छ । पचासदेखि एक सय जना कृषक मिलेर सामूहिक ढङ्गले खेती गर्न सकिने छ ।” आधुनिक औजार प्रयोग गरी कृषिलाई व्यावसायिकरूपमा औद्योगिकीकरण गरेर जान सामूहिक खेती आवश्यक रहेको उनको भनाइ छ ।
 
कार्यक्रममा कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गर्न पहल भइरहेको बताए । राष्ट्रिय फल घोषणा गर्न मन्त्रालयमा फाइल पुगेको र छलफल भइरहेको बताए । 

इच्छाकामना उत्पादन हुने सुन्तलाबारे आफू जानकार रहेको बताउँदै उहाँले यहाँ आएर बोटमै सुन्तला खान पाउँदा खुसी लागेको बताउनुभयो । थोरै लागनीमा धेरै आम्दानी गर्न सकिने उनको भनाइ छ । सुन्तलाको बजारीकरण तथा किसानलाई प्रोत्साहन गर्न सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । 

सुन्तला महोत्सवमा कसले धेरै सुन्तला खाने प्रतियोगिता आयोजना गरिएको थियो । सो अवसरमा दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिनुका साथै स्थानीय उत्पादनको परिकार पाहुनलाई खुवाइएको थियो । महोत्सवमा स्थानीय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकी प्रस्तुत समेत गरिएको थियो । महोत्सव पुस १६ देखि १८ गतेसम्म चलेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending