काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुखद भएको बताएका छन्।
काठमाडौंमा भ्रातृसंस्थाका नेताहरूको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिने पक्षमा सकारात्मक हुनु दुखद भएको बताए।
बुधबार दिउँसो बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा मिलेर जान प्रस्ताव राखेको सुनाएका थिए। प्रधानमन्त्रीको उक्त प्रस्तावसँगै कुर्सी प्राप्तिका लागि मुलुकमा प्रमुख प्रतिपक्षी नै नरहने अवस्था सिर्जना हुन खोजेको भन्दै महरले चिन्ता व्यक्त गरेका छन्।
महरले अहिले नेताहरूमा दोधारे चरित्र देखिन खोजेको आरोप लगाए। ‘विकास, समृद्धि र सुशासनका लागि नेताहरू एक ठाउँमा आउनु स्वागतयोग्य कुरा हो। तर, विकास र समृद्धिमा सधैँ नेताहरूमा मतभेद पाइन्छ। कुर्सी र सत्ता प्राप्तिका लागि भने जस्तो सुकै सम्झौता गर्न राजनीतिक दल पछि हट्दैनन्। यो लोकतन्त्रका लागि लज्जाको विषय हो। जनभावना विपरीतको विषय हो। अझभन्दा यो दूरासययुत्त विषय हो,’ महरले भने।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले नै सत्तासँग बार्गेनिङ गरेपछि नेताहरूको चर्को आलोचना भइरहेको हो।
चुनावमा गठबन्धन गरेर जाने सत्तारुढ दलले निर्णय गरेपछि एमाले नेताहरूको अश्वभाविक दौडधुप बढ्नु र सत्ता गठबन्धनका नेताहरूले पनि अनावश्यक छलफल गर्नु लोकतन्त्रको मर्म विपरीत भएको महरले बताए।
‘एमालेको प्रस्तावमा सत्ता गठबन्धनले अनावश्यक छलफललाई सघन बनाउनुको कारण के होला ? आरामदायी बहुमत रहेको गठबन्धन लोकतन्त्रको मर्म अनुरूप चल्नुपर्छ,’ महर भन्छन्।
फागुन २० गतेबाट रिक्त हुने २० पदमध्ये १९ पदमा निर्वाचन हुने छ। एक सिटमा भने राष्ट्रपतिले मनोनयन गर्ने छन्। सत्ता गठबन्धन एक रहेसम्म एमालेले अहिले रिक्त हुन लागेको सिटमा एक पद पनि जित्न सक्ने अवस्था छैन। त्यसैले एमालेले दलहरूलाई विभिन्न प्रस्ताव राखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: