Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

याक एन्ड यतीमा नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय बैठक: यस्ता छन् एजेन्डाहरु

खबरडबली संवाददाता

काठमाडौं । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय बैठक अहिले केही बेरमा बस्दैछ । बैठकका लागि भारतीय बिदेश मन्त्री यस जयशंकर केही बेर अघि काठमाडौंमा अवतरण गरेका छन ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उनलाइ नेपालका समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदले स्वागत गरेका थिए । त्रिभुवन बिमानस्थलमा  स्वागत ग्रहण गरे लगत्तै भारतीय बिदेश मन्त्री यस जयशंकरले शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गर्नेछन भने त्यसपछि १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्नेछन् । 

दिउँसो १ बजे देखी होटल याक एन्ड यति, दरबारमार्गमा दुइ देशका बिचमा औपचारिक बैठक सुरू हुनेछ । जसमा दुवै देशका परराष्ट्रमन्त्रीको रोहवरमामा वाणिज्य मन्त्रालयबीच विभिन्न एजेन्डामा छलफल हुनेछ ।

जसअनुसार दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास हुने जनाइएको छ भने कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषिजन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ ।

उता, भारतबाट नेपालमा आयात हुने कृषि उत्पादन वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव गरिने र नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव पनि बैठकको छलफलको अजेन्डामा राखिएको छ ।

साथै, ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव गरिएको छ भने भारतले जुट लगायतका सामग्रीमा लगाउँदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव नेपालले गर्नुका साथै  नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव अघि सारेका छन । 


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक बन्दसूचीमाथि निर्वाचन आयोगको थाल्यो छानबिन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...

कमल थापाले छाडेपछि संगठनभित्र एक प्रकारको रिक्तता सिर्जना भएको थियो: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...

प्रधानमन्त्रीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु

काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...

पेरुमा रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना  घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...

समानुपातिक बन्दसूचीमा मेरो नातेदार छैनन्, केहि त्रुटिहरु भए सच्याउछौ: कुलमान घिसिङ

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...

राप्रपा र राप्रपा नेपालबीच एकतापछि कमल थापा: रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो

ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...

बालेन शाह परिवर्तनको झिल्को: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...

ओलीलाई जवाफ मैले दिनुपर्दैन, भोट हाल्ने जनताले दिनुहुनेछ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending