Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

देशकै अग्रणी पृथ्वी यातायात अब पूर्ण रुपमा अटोमेशनमा, कार्यालय सबै डिजिटलाइज, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

खबरडबली संवाददाता

काठमाडाैं । गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो । 

अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो । 

अटोमेशनमा गएको विषयमा पोखरामा आयोजित एक पत्रकारसम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स्, हायस लगायका सबै किसिमका गाडीको टिकट अनलाईन मार्फत काट्न सकिने बताए । यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी (prithivibus.com.np), पृथ्वी यातायातको मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन मार्फत सहजै टिकट काट्न सकिनेछ ।

कार्यक्रममा बोल्दै पृथ्वीका अध्यक्ष केसीले भने ‘ अहिले नेपालका धेरै क्षेत्रमा प्रविधिको प्रयोग भएको छ र सहजता पनि ल्याएको छ । हामी पनि समय र आम यात्रुको माग अनुसार प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यले प्रविधिको आत्मसाथ गरेका छौँ । हामीलाई विश्वास छ, यसले हाम्रो सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउनेछ , । कार्यक्रमा उनले थपे ‘ राज्य सरकारले पनि प्रविधिको प्रयोगका लागि आवश्यक नीति नियम बनाइ प्रोत्साहन गर्न आग्रह गर्दछौँ ।

यस्तै कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले भन्नुभयो ‘ यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित् बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्छ भन्ने हाम्रा जुन संकल्प थियो र छ, आज आएर देशकै अग्रणी कंपनी पृथ्वीसँग जोडिन पाउँदा हामी अत्यन्तै खुशी भएका छौँ । हामीलाई विश्वास छ पृथ्वीसँगको यो सहकार्यले आम यात्रुले थप नयाँ अनुभवका साथ यात्रा गर्न पाउनुहुनेछ र उहाँहरुलाई सहजता हुनेछ ।

बिगत ५० वर्ष भन्दा धेरै समय सेवा दिँदै आएको पृथ्वी यातायातले नेपालका प्रमुख शहर काठमडौ, बुटवल, हेटौडा देखि पूर्वका काकडभित्ता देखि सुदुरपश्चिमका धनगढी गरि ३० भन्दा बढि शहरमा सेवा दिँदै आएको छ । कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाट  करिब १३५० बस मार्फत सेवा दिँदै आएको छ । पृृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग माध्यम हो । कम्पनीले नेपालका ६२ जिल्लामा आफ्नो सेवा दिँदै आएको छ । दशवर्ष अगाडी स्थापना भएको कम्पनीले यातायात क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजाने प्रविधि निर्माण गर्दै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending