Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मर्दी पदयात्रामा हराएका विदेशी पर्यटक अझै फेला परेनन्

फाइल फोटो
खबरडबली संवाददाता

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदयात्राका क्रममा गत पुस १४ गतेदेखि हराएका एक जना विदेशी पर्यटक अहिलेसम्म फेला पर्न सकेका छैनन् । 

स्विडेनका २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग पदयात्राका क्रममा मर्दीको हाइक्याम्पबाट बेपत्ता भएको पाँच दिन व्यतित हुँदासमेत खोजी र उद्धारमा जुटेको टोलीले उनको बारेमा केही जानकारी प्राप्त गर्न सकेको छैन ।

पर्यटक हराएको भोलिपल्टदेखिनै  खोजीमा सुरक्षाकर्मी, माछापुच्छ्रे गाउँपालिका, पर्यटन व्यवसायी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट खोजीकर्ता परिचालन भएपनि अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । 

पदमार्गको हाइक्याम्पको होटल म्याजिक माउन्टेनमा शुक्रबार बास बसेर शनिबार बिहान ४ बजे पानी र टर्चलाइटमात्र लिएर मर्दी आधार शिविरतर्फ गएका मिचलको त्यसपछि अवस्था अज्ञात छ । उनले आफ्नो झोलालगायत सामग्री होटलमै छाडेर गएको स्थानीय व्यवसायीको भनाइ छ ।

मर्दीको हाइक्याम्पबाट माथि अन्य होटल तथा रेष्टुराँ छैनन् । हाइक्याम्पबाट चार घण्टाको हिँडाइपछि मर्दी बेसक्याम्प पुगिन्छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले प्रहरीले सम्पर्क विहीन पर्यटकको खोजी गरे पनि अवस्था थाहा हुन नसकेको बताए ।

“पर्यटक हराएको सूचनालगत्तै स्थानीय प्रहरी तथा पोखराबाट प्रहरी टोली गएर खोजी कार्यलाई निरन्तरता दिएका छौँ”, विकले भने, “फेला पर्न सक्ने सम्भावना भएका सबै ठाउँमा खोजी गरे पनि अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।”

मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका सचिव प्रदीप गौतमले चार हजार आठ सय मिटर उचाइको मर्दीको ‘अपरबेसक्याप’सम्म पुगेर खोजी गरिएको जानकारी दिए । हिउँ परिरहेको र अप्ठ्यारो बाटोका कारण खोजीमा समस्या भएको उनले बताए । गौतमले हेलिकप्टरबाट खोजी र उद्धारका लागि पहल भइरहेको जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending