Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मर्दी पदयात्रामा हराएका विदेशी पर्यटक अझै फेला परेनन्

फाइल फोटो
खबरडबली संवाददाता

कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदयात्राका क्रममा गत पुस १४ गतेदेखि हराएका एक जना विदेशी पर्यटक अहिलेसम्म फेला पर्न सकेका छैनन् । 

स्विडेनका २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग पदयात्राका क्रममा मर्दीको हाइक्याम्पबाट बेपत्ता भएको पाँच दिन व्यतित हुँदासमेत खोजी र उद्धारमा जुटेको टोलीले उनको बारेमा केही जानकारी प्राप्त गर्न सकेको छैन ।

पर्यटक हराएको भोलिपल्टदेखिनै  खोजीमा सुरक्षाकर्मी, माछापुच्छ्रे गाउँपालिका, पर्यटन व्यवसायी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट खोजीकर्ता परिचालन भएपनि अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । 

पदमार्गको हाइक्याम्पको होटल म्याजिक माउन्टेनमा शुक्रबार बास बसेर शनिबार बिहान ४ बजे पानी र टर्चलाइटमात्र लिएर मर्दी आधार शिविरतर्फ गएका मिचलको त्यसपछि अवस्था अज्ञात छ । उनले आफ्नो झोलालगायत सामग्री होटलमै छाडेर गएको स्थानीय व्यवसायीको भनाइ छ ।

मर्दीको हाइक्याम्पबाट माथि अन्य होटल तथा रेष्टुराँ छैनन् । हाइक्याम्पबाट चार घण्टाको हिँडाइपछि मर्दी बेसक्याम्प पुगिन्छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले प्रहरीले सम्पर्क विहीन पर्यटकको खोजी गरे पनि अवस्था थाहा हुन नसकेको बताए ।

“पर्यटक हराएको सूचनालगत्तै स्थानीय प्रहरी तथा पोखराबाट प्रहरी टोली गएर खोजी कार्यलाई निरन्तरता दिएका छौँ”, विकले भने, “फेला पर्न सक्ने सम्भावना भएका सबै ठाउँमा खोजी गरे पनि अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।”

मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका सचिव प्रदीप गौतमले चार हजार आठ सय मिटर उचाइको मर्दीको ‘अपरबेसक्याप’सम्म पुगेर खोजी गरिएको जानकारी दिए । हिउँ परिरहेको र अप्ठ्यारो बाटोका कारण खोजीमा समस्या भएको उनले बताए । गौतमले हेलिकप्टरबाट खोजी र उद्धारका लागि पहल भइरहेको जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: