Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

के प्रचण्ड–ओलीको निकटता पुनः एकताको प्रयास हो ?

मनाेज भट्टराई

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नजिक बन्दै गएका छन् । दुई नेताहरुको बाक्लिँदै गएको भेटवार्ताले उनीहरु नजिक बन्दै गएको  प्रष्ट्याएको छ ।

दुई अध्यक्षबीच पटक–पटक भएका भेटलाई गोप्य रखिएका कारण पनि उनीहरुबीइच वाम एकताको संभावना पनि नजिकिँदै गएको छ । २० दिन लामो झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा पूरा गरेर गत पुस २ गते काठमाडौं फर्किएका ओलीले त्यसयता प्रधानमन्त्री प्रचण्डलाई पटक–पटक भेटिसकेका छन् । तर, बुधबार भएका भेट बाहेकका अन्य भेट गोप्य राखिएको छ ।

राष्ट्रियसभा निर्वाचनको सन्दर्भ बनाएर पटक–पटक भेटिरहेका प्रचण्ड–ओलीबीच पुनः पार्टी एकता गर्नेसम्मका विषयमा छलफल भइरहेको स्रोतले दाबी गरेको छ । त्यसो त यसअघि पनि पटक–पटक एकताको प्रयास भने नभएको होइनन् । त्यसोत राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा भन्दै एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बुधबारपनि भेटबार्ता भएको छ ।

एकताकै लागि अहिले पुनः दोस्रो तहका नेताको प्रयासमा प्रचण्ड–ओलीबीच भेटवार्ता भइरहेको छ । २०७४ सालमा बनेको वामएकतालाई सर्वोच्च अदालतले भत्काइदिए यता दुवै दलका नेताहरूमा एक प्रकारको बेचैनी रहेको देखिन्छ । एमालेलाई सत्ताबाहिर बस्नु परेको छट्पटाहट छ भने प्रचण्डलाई पार्टी सम्हाल्नै गाह्रो भइरहेको माओवादी निकट स्रोतको दावी छ ।

विचार मिल्ने दलहरूसँग एकता गर्दै अगाडि बढ्ने योजनासहित दुवै दलले वर्किङ्ग फोरम नै बनाएका छन् । यसको जिम्मेवारी एमालेले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र माओवादी केन्द्रले उपमहासचिव वर्षमान पुनलाई दिएको छ ।

उनीहरूको नेतृत्वमा यसअघि दुईपटक आवासीय अनौपचारिक बैठकसमेत भएको थियो । ती बैठकहरूमा कुन स्वरूपमा पुनः वामएकता गर्न सकिन्छ भन्नेबारे छलफल भएको नेताहरूले बताएका थिए । यो बीचमा दोस्रो तहका नेताबीच सामूहिक रूपमा पटक–पटक छलफल भएको थियो । तर, त्यहाँ भावि नेतृत्वका विषयमा सहमति जुट्न सकेन । त्यसपछि दोस्रो तहका नेताले यो मिलाउने जिम्मा शीर्ष नेतालाई नै छोडिदिएका छन् ।

त्यसकै निरन्तरताका रूपमा प्रचण्ड–ओलीबीच भेट भएको बताईएको छ । दुई प्रमुख राजनीतिक दलका नेताबीच भेटवार्ता हुनु स्वाभाविक भएको माओवादीका एक नेताले बताए । दुई नेताहरुबीच भएका भेटमा के–कस्ता कुराहरु हुन्छन् त्यस विषयमा भने आफुहरुलाई थाहा नहुने उनको भनाई छ ।

यसअघि ओलीले दुई अध्यक्ष राखेर पुनः वामएकता गर्न नसकिने सार्वजनिक रुपमा बताएका थिए । त्यो बेला दोस्रो तहका नेता निरन्तर छलफलमा थिए । दोस्रो तहका नेताबीच भावि नेतृत्वका विषयमा कुरा मिलि नसकेको बताइएको छ ।

प्रचण्ड पनि पछिल्लो पटक एमालेसँग पार्टी एकता गर्ने मूडमा रहेको उनका निकट रहेका हरुले बताएकमा छन् । एमालेसँग एकता गर्न सके पाँच वर्ष नै प्रधानमन्त्री बन्न पाइने र चारतिर फर्किएका पार्टीका नेताको किचलो पनि बेहोर्न नपर्ने उनको बुझाइ रहेको प्रचण्ड निकट स्रोतको भनाइ  छ । त्यसैले गोप्यरूपमा एमालेसँग छलफल अघि बढाउन प्रचण्डले उपमहासचिव पुनलाई जिम्मा दिएको स्रोतले बतायो  ।

गठबन्धन कायमै रहे राष्ट्रिय सभा निर्वाचनमा शून्य नतिजा आउने भएपछि अध्यक्ष ओली पनि अहिले प्रचण्डसँगको छलफलका लागि तात्तिएका छन् । ओलीले पछिल्लो दुई भेटमा प्रधानमन्त्री प्रचण्डलाई एमाले–माओवादी मिलेर राष्ट्रियसभा निर्वाचन लड्न प्रस्ताव समेत गरेका छन् । त्यसपछि भविष्यमा पार्टी एकतासम्मै गर्न सकिने ओलीको प्रस्ताव रहेको स्रोतको दावी छ ।

पार्टी एकताका लागि प्रचण्ड पनि उत्साहित छन् । तर, उनी राष्ट्रियसभा चुनावमै एमालेसँग गठबन्धन गर्न भने तयार देखिँदैनन् । पार्टी एकताका लागि सहमति हुने अवस्थामा भने प्रचण्ड मोडिन सक्ने बताइन्छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending