Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

के प्रचण्ड–ओलीको निकटता पुनः एकताको प्रयास हो ?

मनाेज भट्टराई

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नजिक बन्दै गएका छन् । दुई नेताहरुको बाक्लिँदै गएको भेटवार्ताले उनीहरु नजिक बन्दै गएको  प्रष्ट्याएको छ ।

दुई अध्यक्षबीच पटक–पटक भएका भेटलाई गोप्य रखिएका कारण पनि उनीहरुबीइच वाम एकताको संभावना पनि नजिकिँदै गएको छ । २० दिन लामो झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा पूरा गरेर गत पुस २ गते काठमाडौं फर्किएका ओलीले त्यसयता प्रधानमन्त्री प्रचण्डलाई पटक–पटक भेटिसकेका छन् । तर, बुधबार भएका भेट बाहेकका अन्य भेट गोप्य राखिएको छ ।

राष्ट्रियसभा निर्वाचनको सन्दर्भ बनाएर पटक–पटक भेटिरहेका प्रचण्ड–ओलीबीच पुनः पार्टी एकता गर्नेसम्मका विषयमा छलफल भइरहेको स्रोतले दाबी गरेको छ । त्यसो त यसअघि पनि पटक–पटक एकताको प्रयास भने नभएको होइनन् । त्यसोत राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा भन्दै एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बुधबारपनि भेटबार्ता भएको छ ।

एकताकै लागि अहिले पुनः दोस्रो तहका नेताको प्रयासमा प्रचण्ड–ओलीबीच भेटवार्ता भइरहेको छ । २०७४ सालमा बनेको वामएकतालाई सर्वोच्च अदालतले भत्काइदिए यता दुवै दलका नेताहरूमा एक प्रकारको बेचैनी रहेको देखिन्छ । एमालेलाई सत्ताबाहिर बस्नु परेको छट्पटाहट छ भने प्रचण्डलाई पार्टी सम्हाल्नै गाह्रो भइरहेको माओवादी निकट स्रोतको दावी छ ।

विचार मिल्ने दलहरूसँग एकता गर्दै अगाडि बढ्ने योजनासहित दुवै दलले वर्किङ्ग फोरम नै बनाएका छन् । यसको जिम्मेवारी एमालेले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र माओवादी केन्द्रले उपमहासचिव वर्षमान पुनलाई दिएको छ ।

उनीहरूको नेतृत्वमा यसअघि दुईपटक आवासीय अनौपचारिक बैठकसमेत भएको थियो । ती बैठकहरूमा कुन स्वरूपमा पुनः वामएकता गर्न सकिन्छ भन्नेबारे छलफल भएको नेताहरूले बताएका थिए । यो बीचमा दोस्रो तहका नेताबीच सामूहिक रूपमा पटक–पटक छलफल भएको थियो । तर, त्यहाँ भावि नेतृत्वका विषयमा सहमति जुट्न सकेन । त्यसपछि दोस्रो तहका नेताले यो मिलाउने जिम्मा शीर्ष नेतालाई नै छोडिदिएका छन् ।

त्यसकै निरन्तरताका रूपमा प्रचण्ड–ओलीबीच भेट भएको बताईएको छ । दुई प्रमुख राजनीतिक दलका नेताबीच भेटवार्ता हुनु स्वाभाविक भएको माओवादीका एक नेताले बताए । दुई नेताहरुबीच भएका भेटमा के–कस्ता कुराहरु हुन्छन् त्यस विषयमा भने आफुहरुलाई थाहा नहुने उनको भनाई छ ।

यसअघि ओलीले दुई अध्यक्ष राखेर पुनः वामएकता गर्न नसकिने सार्वजनिक रुपमा बताएका थिए । त्यो बेला दोस्रो तहका नेता निरन्तर छलफलमा थिए । दोस्रो तहका नेताबीच भावि नेतृत्वका विषयमा कुरा मिलि नसकेको बताइएको छ ।

प्रचण्ड पनि पछिल्लो पटक एमालेसँग पार्टी एकता गर्ने मूडमा रहेको उनका निकट रहेका हरुले बताएकमा छन् । एमालेसँग एकता गर्न सके पाँच वर्ष नै प्रधानमन्त्री बन्न पाइने र चारतिर फर्किएका पार्टीका नेताको किचलो पनि बेहोर्न नपर्ने उनको बुझाइ रहेको प्रचण्ड निकट स्रोतको भनाइ  छ । त्यसैले गोप्यरूपमा एमालेसँग छलफल अघि बढाउन प्रचण्डले उपमहासचिव पुनलाई जिम्मा दिएको स्रोतले बतायो  ।

गठबन्धन कायमै रहे राष्ट्रिय सभा निर्वाचनमा शून्य नतिजा आउने भएपछि अध्यक्ष ओली पनि अहिले प्रचण्डसँगको छलफलका लागि तात्तिएका छन् । ओलीले पछिल्लो दुई भेटमा प्रधानमन्त्री प्रचण्डलाई एमाले–माओवादी मिलेर राष्ट्रियसभा निर्वाचन लड्न प्रस्ताव समेत गरेका छन् । त्यसपछि भविष्यमा पार्टी एकतासम्मै गर्न सकिने ओलीको प्रस्ताव रहेको स्रोतको दावी छ ।

पार्टी एकताका लागि प्रचण्ड पनि उत्साहित छन् । तर, उनी राष्ट्रियसभा चुनावमै एमालेसँग गठबन्धन गर्न भने तयार देखिँदैनन् । पार्टी एकताका लागि सहमति हुने अवस्थामा भने प्रचण्ड मोडिन सक्ने बताइन्छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संरक्षणको पर्खाइमा सेनवंशी राजाले प्रयोग गरेको तोप

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक...

यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप

गुल्मी । यात्रुको चाप बढेपछि  गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान थप भएको छ ।  थप उडान सँगै अब विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको हो । ...

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ ।  पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहा...

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरासानले आईसीसी टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ । दैनिक भास...

अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गराउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गरान थालेकाे छ ।  कैलालीको धनगढीमा रहेका ८३ वटा प्राकृतिक ताल अतिक्रमणको...

बामदेव एमालेमा फर्कन आतुर, उचित जिम्बेवारी दिएर पार्टीमा फर्काउन ओलीसँग आग्रह

विगतमा आफुबाट कमजोरी भएको गाैतमकाे स्वीकार

दुई महिनादेखि विद्युत् उत्पादन बन्दहुँदा दैनिक आठ लाख घाटा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ।  पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।     प्रतापपुर गाउ...

कतार एयरवेजको जहाजबाट धुँवा निस्केपछि.....

काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारका लागि उड्न लागेको जहाजक...

क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सर्लाही कारागारमा व्यवस्थापनको समस्या

सर्लाही । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख...

जनकपुरमा सहकारी कर्मचारीबाट ८० लाख लुटियो

धनुषा । जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies