Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

लाखौं रकम हिनामिना आरोपमा अस्पतालका तीनजना कर्मचारी पक्राउ

खबरडबली संवाददाता

विराटनगर ।  रकम हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

पकाउ पर्नेमा अस्पतालका ‘क्यासियर’ विराटनगर महानगरपालिका–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, सुनसरीको दुहबी नगरपालिका–१२ का २९ वर्षीय राजेशकुमार फौदार र विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास रहेका छन् । 

उनीहरुलाई रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्नकुमार दाहालले जानकारी दिए। पक्राउ परेका तीन जनालाई ‘क्यासियर’ को जिम्मेवारी दिएर अस्पतालले नियुक्त गरेको उनले बताए।

अस्पताल प्रशासनले तीन जनाविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरिएको बताउँदै, अस्पतालको ‘क्यास काउन्टर’ मा कार्यरत उनीहरुकै संलग्नतामा रकम अपचलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । 

बराल र फौदार पुस १० गते तथा विश्वास पुस १३ गते पक्राउ परेका हुन् । उनीहरुविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालेका दाहालको भनाई छ । 

बिरामीहरुले उपचार गरे बापत अस्पताललाई तिर्नुपर्ने रकम अपचलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । ‘क्यासियर’ को जिम्मेवारीमा रहेका उनीहरुले ‘बिलिङ काउन्टर’ मा बसेर बिरामीसँग उपचार बापतको सम्पूर्ण रकम लिने र अस्पताललाई थोरै मात्र देखाउने, महँगो सेवा लिएका बिरामीले सस्तो सेवा लिएको देखाएर अनियमितता गरेको पाइएको एसपी दाहालले  बताए ।

बिरामीसँग बढी रकम लिने तर अस्पताललाई थोरै मात्रै हिसाब देखाउने गरेको पाइएको कारण उनीहरु बिरुद्ध उजुरी गरिएको अस्पतालका महाप्रबन्धक दीपेश राईले  बताए । उनीहरुले के कति रकम हिनामिना गरेका हुन् ठ्याक्कै भन्न सकिने अवस्था समेत नरेको राईको भनाई छ । अहिले अस्पतालमा पनि सम्पूर्ण बिलहरुको हरहिसाब हुँदै गरेको र उनीहरु मात्रै घटनामा संलग्न हुन् या अरू कर्मचारीको पनि संलग्नता छ भन्ने विषयमा खोजी भइरहेको राईले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending