Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र

खबरडबली संवाददाता
भक्तपुर । मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरुले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन् ।
 
तत्कालीन नगर विकास ऐन, २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भई जग्गा एकीकरण आयोजना २०६५ असार मसान्त सम्ममा सम्पूर्ण आयोजना सम्पन्न गरेर जग्गा धनीलाई विकसित घडेरीसहितको जग्गा फिर्ता गर्ने सर्तमा नगर विकास आयोजनाले २०६१ सालमा एक हजार पाँच सय रोपनी क्षेत्रभित्र आयोजना सुरु गरेको थियो ।
 
कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्ष बित्दा पनि सम्पन्न नगरी अलपत्र पारेर जग्गा धनीहरुलाई पीडित बनाएको भन्दै कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ नेतृत्वका पीडित उपभोक्ताहरुले यस्तो माग गरेका हुन् ।
 
विसं २०५९ मङ्सिर १ गते उपभोक्ताको हितमा काम गर्ने गरी पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति हालसम्म यथावतै रहेको तर उपभोक्ता समितिनै जग्गा धनीको पक्षमा काम नगरी आयोजनाको पक्षमा बसेर उपभोक्ताको हित विपरीत काम गरेको संयोजन समाजका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । 
 
उनका अनुसार मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सुरु भएको अभियानमा सहरी विकास मन्त्रालयसहित सरोकारवाला सबै निकायमा ज्ञापनपत्र बुझाइ सकिएको समितिका एकराज भण्डारीले बताए । 
 
सो उपभोक्ता समितिमा जग्गाधनी रहनुपर्नेमा राजनीतिक दलको भागबण्डा बनाएर राखिएको, जग्गा धनीलाई समितिबाट बाहिर राखिएको, २० वर्षदेखि अर्बौंको जग्गा बिक्री गरेर कुनै पनि हिसाब नराखेको, वर्षांैदेखि आयोजनाको अडिट नगरेको, करोडाँै रुपैयाँ बैठक भत्तामै सकेको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
 
तीन वर्षमा आयोजना सम्पन्न गर्ने भनिए पनि अझैसम्म आयोजनामा कालोपत्र सडकले पूर्णता नपाएको, खानेपानीको पाइप पुर्‍याइएको तर पानी वितरण नगरिएको, ५३ रोपनीमा हरियाली क्षेत्र र खेलमैदान बनाउने भनिए पनि त्यो जग्गासमेत बिक्री गरेर ३६ रोपनी मात्र बनाएको, दुई हजारभन्दा बढी घर भएको बस्तीमा कम्तीमा १२ इन्च डायामिटरको पाइप हाल्नुपर्नेमा आठ इन्च डायमिटरको ह्युमपाइप हालेर छोड्दा वर्षामा ढल जाम भएर बस्ती डुबानमा पर्ने गरेको समाजका मोहनसिंह प्रधानले बताउनुभयो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...

मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...

सुस्ताको अस्तित्व जोगाउन मन्त्री घिसिङसँग सुस्तावासीको माग

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...

टुँडिखेलमा यसरी मनाइयो ‘विश्व ध्यान दिवस’

काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...

रास्वपाको केन्द्रीय समिति बैठकबारे आन्तरिक छलफल, रविलाई ३ बजे स्वागत गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै, समावेशी कोटामा हेरफेर

काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...

मुस्ताङमा ९५ क्यामरामार्फत हुँदै छ हिउँ चितुवाका सर्वेक्षण

मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...

सप्तरीको कञ्चनरुपमा आगलागीपछि झडप: दुई जनामाथि चुलेसी प्रहार, पाँच जना फरार

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...

नोबेल अस्पतालको भवनबाट खसेर प्रशिक्षार्थी चिकित्सकको मृत्यु

विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending