Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

फेरिँदो जीवनशैलीले बढाउँदै मुटुरोग- युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

खबरडबली संवाददाता

नेपालगञ्ज । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्।

नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयाघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए।

'हार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ', डा नेपालले भने, 'मुटुरोगबाट जोगिन सावधानी नै उत्तम विकल्प हो।' मुटुरोग लाग्नेबित्तिकै हृदयाघात नहुने भन्दै डा नेपालले मुटुरोगसम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनुपर्ने बताए।

लक्षण देखिनेबित्तिकै उपचार सुरु गर्ने हो भने बिरामीलाई बचाउन सकिने उनको भनाइ छ।

उच्च रक्तचाप, मधुमेह, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको कारण रहेको उल्लेख गर्दै डा नेपालले शरीरका प्रत्येक अङ्गको माग र वितरणमा असन्तुलन हुँदा अङ्गहरूले कुनै न कुनै लक्षण देखाउने गरेको बताए।

उनले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाइ सरेर घाँटी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज हुने, मुटुको धड्कन छिटो चल्ने, दौडिँदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए।

नेपालगञ्जका स्वास्थ्यकर्मी जीवन शर्माले पछिल्लो समयमा मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै हुने गरेका कारण मुटुलगायत रोग बढ्दै गएको उल्लेख गरे। 'खाना मिठो, चिल्लो र मसलादार खानुपर्ने, ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी बस्नुपर्ने मानिसको दैनिकी बनेको छ', उनले भने, 'मानिसमा आएका अधिक चेतनाका कारण विकसित प्रविधिसँगै हाल सरुवा रोगहरू नियन्त्रणतर्फ गइरहेका छन्, तर नसर्ने खालका दीर्घकालीन रोगहरूले मानिसलाई ग्रस्त बनाइरहेको छ।'

जीवनशैली, वातावरण र मानिसको स्वास्थ्य एकापसमा निकै घनिष्ठ सम्बन्ध भएको उल्लेख गर्दै शर्माले मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनले गर्दा मुटु लगायतका रोग देखिने गरेकोले यसबाट छुटकारा पाउन जीवनशैलीमै पुनः परिवर्तन गरेमा मात्र सम्भव हुनेमा जोड दिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending