Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मधेशी पार्टीको हो भनेर समात्यो, प्रहरीले अरु राष्ट्रिय पार्टीका अध्यक्षलाई समातेर देखाओस्: राउत

एकल भेषभुषा नजाओस् भनेर हामीले धोती दिवस मनाएका हौँ

खबरडबली संवाददाता

काठमाडौँ  जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारले धरपकड गर्दै पक्राउ गरेकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् । उनले ‘धोती दिवस’ भन्दै निषेधित क्षेत्रमा र्‍याली गरेपछि सरकारले धरपकड गर्दै पक्राउ गरेका ५२ जनालाई छाडेपछि पत्रकार सम्मेलन गरेर असन्तुष्ट व्यक्त गरेका छन् ।

उनले प्रहरीलाई समेत व्यंग्य गर्दै भने, ‘प्रहरीको पनि मानसिकता कस्तो छ भने जतिखेर पनि समात्न पाए हुन्थ्यो भन्ने देखिन्छ। अरु राष्ट्रिय पार्टीका अध्यक्षलाई समातेर देखाओस् त । यो त मधेशी पार्टीको हो भनेर समातिहाल्ने ।’ 

उनले नेपालको संविधानमा बुहभाषिक र बहुसांस्कृतिकको व्यवस्था गरेको अवस्थामा आफ्नो पार्टीले मनाउँदै आएको धोती दिवस मनाएको दावी गरे । राउतले भने ‘जो–जसको जे –जे भेषभुसा हो लगाउन पाउनुपर्छ,  एकल भेषभुषा नजाओस् भनेर हामीले धोती दिवस मनाएका हौँ, यो हाम्रो राजनीतिक कार्यक्रम र र्याली थिएन। हामी निषेधित क्षेत्रभन्दा पर आर्ट काउन्सिल अगाडी बसेका थियौं । ओर्लने वित्तिकै प्रहरीले धरपकड गर्न थाल्यो । यो दूर्भाग्यपूर्ण हो ।’ 

राउतले सरकारको बलमिच्याईको बारेमा संसदमा पनि कुरा उठाउने बताए । उनले भने,‘ सरकारले मन्त्री र सांसदलाई त पक्राउ गर्छ भने यो देशमा आम जनताका लागि के स्वतन्त्रता र न्याय होला ? यस घटनाले पुष्टि गर्दछ ।’

उनले कुनै मन्त्रीले हचुवाको भरमा बोल्दा र भ्रष्टाचार गर्दा पनि पक्राउ नगर्ने सरकारले मधेशी भएकै कारण आफूहरुलाई पक्राउ गरेको आरोप लगाए ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...

दोलखामा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...

शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय बालेन सरकारको निर्णय

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...

शिक्षामन्त्री सस्मित पोखरेल सरकारका प्रवक्तामा नियुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्...

महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्। प्रधा...

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...

दोलखाको लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा अपडेट

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ: कानुनमन्त्री गौतम

काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending