Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मधेशी पार्टीको हो भनेर समात्यो, प्रहरीले अरु राष्ट्रिय पार्टीका अध्यक्षलाई समातेर देखाओस्: राउत

एकल भेषभुषा नजाओस् भनेर हामीले धोती दिवस मनाएका हौँ

खबरडबली संवाददाता

काठमाडौँ  जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारले धरपकड गर्दै पक्राउ गरेकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् । उनले ‘धोती दिवस’ भन्दै निषेधित क्षेत्रमा र्‍याली गरेपछि सरकारले धरपकड गर्दै पक्राउ गरेका ५२ जनालाई छाडेपछि पत्रकार सम्मेलन गरेर असन्तुष्ट व्यक्त गरेका छन् ।

उनले प्रहरीलाई समेत व्यंग्य गर्दै भने, ‘प्रहरीको पनि मानसिकता कस्तो छ भने जतिखेर पनि समात्न पाए हुन्थ्यो भन्ने देखिन्छ। अरु राष्ट्रिय पार्टीका अध्यक्षलाई समातेर देखाओस् त । यो त मधेशी पार्टीको हो भनेर समातिहाल्ने ।’ 

उनले नेपालको संविधानमा बुहभाषिक र बहुसांस्कृतिकको व्यवस्था गरेको अवस्थामा आफ्नो पार्टीले मनाउँदै आएको धोती दिवस मनाएको दावी गरे । राउतले भने ‘जो–जसको जे –जे भेषभुसा हो लगाउन पाउनुपर्छ,  एकल भेषभुषा नजाओस् भनेर हामीले धोती दिवस मनाएका हौँ, यो हाम्रो राजनीतिक कार्यक्रम र र्याली थिएन। हामी निषेधित क्षेत्रभन्दा पर आर्ट काउन्सिल अगाडी बसेका थियौं । ओर्लने वित्तिकै प्रहरीले धरपकड गर्न थाल्यो । यो दूर्भाग्यपूर्ण हो ।’ 

राउतले सरकारको बलमिच्याईको बारेमा संसदमा पनि कुरा उठाउने बताए । उनले भने,‘ सरकारले मन्त्री र सांसदलाई त पक्राउ गर्छ भने यो देशमा आम जनताका लागि के स्वतन्त्रता र न्याय होला ? यस घटनाले पुष्टि गर्दछ ।’

उनले कुनै मन्त्रीले हचुवाको भरमा बोल्दा र भ्रष्टाचार गर्दा पनि पक्राउ नगर्ने सरकारले मधेशी भएकै कारण आफूहरुलाई पक्राउ गरेको आरोप लगाए ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending