Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

मन्त्रीको गाडी नआएको भए बालकुमारीमा यस्तो घटना हुने थिएनः प्रहरी महानिरीक्षक कुँवर

'सामान्य बल प्रयोग भएकाे थियाे,मन्त्री सवारी नभएकाे भए यस्तो हुने थिएन'

खबरडबली संवाददाता

काडमाडाैं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भाैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे सवारीकै कारण ललितपुरकाे बालकुमारीमा दु:खद घटना निम्तेकाे बताएका छन् । संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कुँवरले यस्ताे बताएका हुन् । 

'मन्त्री नआएको भए यस्तो हुने थिएन', उनले भने । घटनामा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै गाेली चलाउनुपरेकाे पनि उनले प्रस्ट पारे । 'सामान्य बल प्रयोग भएकाे थियाे । ११:५२ मा मन्त्रीज्यू आउनुभयाे । उहाँ पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो । त्यही बेलामा पीएसोले जानकारी लिने र समन्वय गर्ने काम भएन । ११:५४ मा हातपात हुने अवस्था आयो । पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको हाे । १२ बजे मन्त्रीको गाडीमा आगजनी भयाे । गोली कतिबेला चल्यो यकिन छैन', कुँवरले भने  । 

उनले बालकुमारीमा तीन हजार युवा सडकमा आएको बताउँदै अगाडि भने, 'मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन । घटनामा आठ जना प्रहरी घाइते भएका र मन्त्रीको ज्यानको समेत खतरा देखेपछि बल प्रयाेग गर्नुपरेकाे बताए ।

'मन्त्री गाडीमा रहेकोले बल प्रयोग गर्नुपरेको हाे । कमाण्डरहरू निलम्बन गरिएकाे छ । अनुसन्धानबाट थप कुरा आउँछ हाेला', आईजीपी कुँवरले भने, 'बिहान ७ बजेदेखि नै अलर्ट थियाैँ । १ सय २४ सेल अस्रु ग्यास र रबर गोली चलेकाे छ । हवाई फायर भएको छ । दुई जनाको मृत्यु भयाे । युवाको जोश थियो । फरक अवस्था थियो । कानुनले दिएको अधिकार प्रयाेग गरी कम बल प्रयोग गरेर जाने नीति हो । उनले प्रहरीसँग साधन स्रोतकाे कमी रहेकाे बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending