प्यूठान । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत प्रहरी कर्मचारीका परिवारहरूका लागि सिताके च्याउँ खेती सम्बन्धी स्थलगत तालिम प्रदान गरिएको छ । एकिकृत कृषी तथा पशुपंक्षी विकास कार्यालय प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वय र सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्यूठानको प्राङ्गणमा आइतबार उक्त तालिम संचालन गरिएको थियो ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले यस्ता सीपमूलक तालिमले प्रहरी कर्मचारीका परिवारहरूलाई आयआर्जन तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एकिकृत कृषी तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले सिताके च्याउ खेती सम्बन्धी तालिम नमुनाको रूपमा जिल्लामै पहिलो पटक संचालन गरिएको र यसलाई आगामी दिनमा थप विस्तार गर्ने लक्ष्य लिएको बताए ।
उक्त कार्यक्रममा कृषि अधिकृत केशवराज खनाल र कृषि प्रशिक्षक आमोश चौधरीबाट स्थलगत अनुशिक्षण तथा अभ्यास समेत गराइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: