Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

हवाई सुरक्षा सम्बन्धी यरोपियन युनियनका सुझाव कडाईसाथ पालना हुने

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री सुदन किरातीले युरोपियन युनियन र अन्तर्राष्ट्रिय उड्डयन संगठनले हवाई सुरक्षा सम्बन्धी दिएको  सुझावलाई सरकारले कडाईकासाथ पालना गर्ने बताएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको रजत जयन्ती कार्यक्रममा बोल्दै मन्त्री किरातीले प्राधिकरणको तत्कालिन कार्यभार हवाई सुरक्षाको सुनिश्चितता गर्नु हो भन्दै इयुले पठाएको १२ बुँदेसुझावलाई कडाईका साथ पालना गर्नु र यात्रुमैत्री वातावरण निर्माण गर्नु रहेको बताए । 

प्राधिकरणको एकाधिकारमा रहेको नियमन र सञ्चालनको दायित्व छुट्टाछुट्टै निकाय बनाएर क्रियाशील गर्न इयु र आईकाओले सुझाव दिँदै आएका छन् । तर प्राधिकरणको नेतृत्वले एकाधिकार छोड्न नचाहेकाले कार्यान्वयन हुन नसकेको भनेर आलोचना हुँदै आएको छ ।

मन्त्री किरातीले अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलहरुलाई पब्लिक प्राईभेट पार्टनरसीप (पिपिपि) मोडलको माध्यमबाटअगाडि बढाउने योजना सरकारको रहेको पनि चर्चा गरे । किरातीले भावी योजना भनेको काठमाडौंको त्रिभुवअन्तर्राष्ट्रिय विमानस्थल, भैरवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै निर्माण हुन बाँकी निजगढ विमानस्थल पनि यही मोडलमा (पिपिपि) निर्माण गरिने बताए ।

मन्त्री किरातीले भने, ‘अबको हाम्रो तत्कालिन कार्यभार तीन वटा छन्, पहिलो भनेको सुरक्षा हो, त्यो बाहेक हामीले अरु कुरा सोच्न पनि सक्दैनौ । हामी मानिसको जीवनसँग खेलवाड गर्न सक्दैनौ । दोस्रो भनेको भर्खरै अडिट् सकेर इयुले पठाएको १२ बुदेँ कुरालाई अक्षरस कडाईका साथ पालना गर्ने हाम्रो कार्यभार हो । र हाम्रो देशमा लागेको कालो सूची अथवा हाम्रो देशमाथि उठेको प्रश्नको जवाफ दिनु हो । तेस्रो भनेको यात्रुमैत्री वातावरण बनाउने, न्यूनतम स्रोत साधनको उच्चतम प्रयोग गरेर हाम्रो देशको अनुहारको एरपोर्ट त्यसमा दाग नदेखाउने गरि लाग्नु पर्छ ।’

उनले भने, ‘अबको २५ वर्षमा संसारको मोडल नेपाल हुने छ । २५ वर्षमा हामी नरहे पनि नेपाल र प्राधिकरण रहि रहने छ । हामीले आज हाल्ने इटामाथि धेरै ठूलो गगन चुम्ने भवन बन्ने छ । संसारमा देखाउन लायक हुनेछ, गौरव बन्ने छ त्यसकारण ढिला नगरि आजैबाट लाग्नको लागि सबैलाई आग्रह गर्दछु ।’

यस्तै, मन्त्री किरातीले राज्यको नीतिमाथि हस्तक्षेप हुने गरी कुनै क्रियाकलाप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । प्राधिकरणसँग आवद्ध ट्रेड युनियनका अधिकारीले प्राधिकरणको नीतिमाथि प्रश्न गरेपछि मन्त्री किराती आक्रोशित भएका थिए ।   

ट्रेड युनियनकापूर्ववक्तालाई लक्षित गर्दै मन्त्री किरातीले भने, ‘नीतिको प्रश्न धेरै उठाउनुभयो, लामो भाषण गर्नुभयो । प्रधानमन्त्री नै आएर बोल्नुभयो कि भनेर म झुक्किए पनि, पटक पटक उहाँलाई हेरे तर भाषण गर्ने उहाँ प्रधानमन्त्री त होइन । नीतिको चिन्ता प्रधानमन्त्री, मन्त्री र नेतृत्वले गर्छ । नेतृत्वले निर्माण गरेको नीतिको बाटोमा संस्था र कर्मचारीहरु हिँड्न सक्नुपर्छ । अन्यथा त्यसलाई अर्को अर्थ लगाइन्छ, अनुशासन नभनेर अराजकता भनिन्छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending