Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

हुलाकी राजमार्गमा टेढाकट्टीका स्थानीयको विरोध कायमै

खबरडबली संवाददाता

बारा  । नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सड्कखण्डको निर्माण सम्पन्न भएको तीन बर्ष भईसकेको छ । सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई/मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भएको थियो । 

बाराको निजगढ नगरपालिकाको पश्चिम दक्षिणबाट कोहल्बी नगरपालिका, आदर्श कोतवाल गाँउपालिका, सिम्रौनगढ नगरपालिका जोड्ने तामागढी–सिम्रौनगढ हुलाकी राजमार्गको कुल लम्बाई ३९.७५ किलो मिटर रहेको छ । 

आयोजनाको २०७७ चैत्र १७ गते सम्पन्न भएको उक्त मार्गबाट रौतहटको फतुुवा बिजयपुर नगरपालिका, मौलापुर नगरपालिका, बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका लगायतका जनताहरू लाभान्वित भएका छन् तर, बाराको आदर्श कोतवाल गाँउपालिका–५ स्थीत टेढाकट्टीमा भने यस मार्गको निमार्ण देखीनै सुरु भएको बिवादका कारण करिब १.५ डेढ किलोमिटर सडक हालसम्म पनि सम्पन्न हुन सकेको छैन । 

 

तामागढी–सिम्रौनगढ हुलाकी राजमार्गको नक्सांकन हुँदा बाराको आदर्श कोतवाल गाउँपालिकाको टेढाकट्टीबाट पश्चिम हुँदै जाने योजना बनाईएको थियो । नक्सांकन हुदाँ बनाईएको मार्गलाई परिवर्तन गरेर रेखाङ्कन (एलाइन्मेट) गर्दै टेढाकट्टीको बस्तीबाट हुलाकी राजमार्गको निमार्ण सरु भएसँगै विवाद भएको हो । 

आफ्नो जग्गामा परेको भन्दै टेढाकट्टी स्थानीयले गरेको विरोध अझै कायमै छ । मार्गको निर्माण सुरू गर्दानै घरजग्गा मासिने भन्दै स्थानिएले विरोध गरेपछी बन्न नसकेको करिब दुई किलोमिटर बाटेको निर्माण अझै अन्योल कायमै छ । बाक्लो र साँघुरो बस्तीबाटै मार्ग लैजाँदा धेरै घर मासिने भएपछि स्थानिएले विरोध गरोका हुन जस्का कारण यस क्षेत्रमा राजमार्ग कालोपत्रे कार्य अवरोध भएको थियो । 

विकासका नाउँमा बस्ती ताक्दै उजाड बनाउने नियतका कारण कडा संर्घष गरेको सरोकारवाला स्थानीयहरुले बताएका छन् । स्थानिएले मार्गको पहिला भएको नक्शाकंंनबाट मार्ग गएमा स्थानिएको घर तथा बस्ती जोगीने स्थानिएले बुझाई रहेको छ ।

सडक निर्माणका लागि स्थानीयले जग्गा अधिग्रहण गर्न नदिने र सडक बस्तीबाट नभई अन्य स्थानबाट सडक बनाउन दबाब दिँदै आएकाले सडक निर्माणका समस्या भएको र यस क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले पनि चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको स्थानीयको भनाई रहेको छ।

घनाबस्ती सहितको उर्वरभूमीसमेत विनास हुने गरी हुलाकी राजमार्गको निर्माण थालर्नी गरिएपछि यस क्षेत्रका बासिन्दामा चिन्ता, चसो र सरोकार बढेको बताइएको छ । टेढाकट्टीको पहिचान नै गुम्ने अवस्था उत्पन्न हुने देखिएकोले स्थानीएले यस क्षेत्रबाट निर्माण कार्य तत्कालै रोकेका थिए ।

नेपाल र भारत सरकारको सहयोगमा कुल ८६ करोडको लागतमा निर्माण भएको उक्त मार्गको लम्बाई ३९.७५ प्रतिशत किलोमिटर रहेको सो सड्क निर्माणको ठेक्का पप्पु एण्ड जेबि कन्स्ट्रक्सनले लिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

नेपाल- भारत सम्बन्धको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र संवा...

बागलुङमा किसानले पाएनन् सुन्तलाकाे उचित मूल्य

बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँद...

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending