काठमाडौं । अछामको चौरपाटी गाउँपालिका–१, सिउँडीका ६० वर्षका टेकबहादुर शाह ठकुरीको एक पाखो शरीर चल्दैन । शरीरको एक भागमा प्यारालाइसिस भएर थन्किएका छन् उनी ।
टेकबहादुरका लागि बुढेसकालको भरोसा थिए, कान्छा छोरा वीरेन्द्र । उनका दाइ भारतमा मजदुरी गर्छन् ।
२३ वर्षीय वीरेन्द्रको सपना भने कोरिया जाने थियो । कोरिया गएर पैसा कमाउने अनि प्यारालाइसिस भएका बुवाको उपचार गर्ने उनको चाहना थियो । तर। त्यो अब कहिल्यै पुरा नहुने भयो ।
आफ्नो सपना पुरा गर्ने संर्घषको लागि उनी काठमाडौंमा भाषा परीक्षा पढ्न थाले । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना पुगेर २ वर्षअघि उनी काठमाडौं आएका थिए । गत दशैंमा उनी काठमाडौंबाट घर गए । वृद्ध अवस्थाका बुवा आमासँग आफू विदेश जाने भन्दै काठमाडौं फर्किए ।
शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर उनै वीरेन्द्रको मृत्यु भयो । प्यारालाइसिस भएर ओछ्यानमा थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको साहरा भाँचियो ।
गाउँ र स्वदेशमा सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं आएको एउटा युवा कहिल्यै नआउने गरी अस्तायो । अन्य देशमा पैसा खर्च गरेर पठाउन सक्ने घरको आर्थिक अवस्था नहुँदा कोरियन भाषा सिकेको वीरेन्द्र कोरिया गएर बुबाको उपचार गर्छु भन्थ्यो तर आज उ आफैँ बिलायो ।
दुःखै गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले बुबा आमाले आफू लाई सम्हाल्न सकेका छैनन् । पढाइमासमेत अब्बल भएका वीरेन्द्रले आफू विदेश उड्ने बेला आमालाई काठमाडौंमा बिदाइका लागि बोलाउने बचन दिएर काठमाडौं आएका थिए । तर, उनी कोरिया जाने परीक्षामा फर्म भर्न पाउने र्संघर्ष गर्दागर्दै बालकुमारी मै बिलाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: