Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

गठबन्धनमा फाटो ल्याउने एमालेकाे याेजना दिवा स्वप्न सावित

मनाेज भट्टराई

काठमाडौं  । सत्ता गठबन्धनमा हलचल ल्याएर सरकार परिवर्तन सम्म जाने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को प्रयास असफल भएको छ । सत्तासीन केही राजनीतिक दलहरु र कांग्रेसको संस्थापन इतर समुहका नेताहरुलाई उचालेर गठबन्धनमा फटो ल्याउन थापेको च्याँखे असफल भएको हो । 

एमालेले सत्तारुढ दल जसपा, नेपाल र जनमत पार्टीलाई गठबन्धनबाट अलग गराएर सरकार परिवर्तनका लागि बनाएको योजना  तत्कालका लागि असफल भएको हो । त्यस्तै सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसको संस्थापन इतरसमुहका नेताहरुको सरकारप्रतिको असन्तुष्टिलाई अवसरकारुपमा लिएको एमालेले त्यो अबसर गुमाएको हो ।

सरकारको आलोचना गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिले नै गठबन्धन परिवर्तन र सरकार फेर बदलको कुरामा आफुहरु नलागेको बताएपछि एमालेको गठबन्धनलाई तहसनहस बनाउने योजना दिवा स्वप्न सावित भयो । सरकार फेरबदलले अस्थिरता मात्रै निम्त्याउने भएकोले कोही आएर केही नहुने यादवको भनाइ छ । उनले आफुहरुले सरकारले सच्चीएर जनताका पक्षमा काम गरोस मात्रै भनेको र गठबन्धनमा तोड्ने पक्षमा नरहेको बताए ।

तराई आन्दोलनका क्रममा संलग्न जसपाका नेताहरूलाई सरकारले मुद्दा लगाएपछि जसपाका नेताहरुले सरकारबाट बाहिरिने घुर्की लगाउँदै आएका थिए । यही मौकाको उपयोग गर्दै एमालेका नेताहरूले उपेन्द्र यादवसँग गठबन्धन सरकारको काम र मधेसका मुद्दाका विषयमा छलफलसमेत गरेका थिए । 

आठ दलीय सहयात्रामा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले बुधबार गोरखाको सुलिकोटमा स्थानीय सरकार र सरोकारवालासँगको अन्तरक्रियामा सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेको र यो सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका थिए  । उनले जे जति षड्यन्त्र भए पनि गठबन्धन अझ बलियो हुँदै गएको र अझ सुदृढ हुँदै गएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका जनपक्षिय कामबाट अतालिएकाहरुलाई सरकारले गरेको राम्रो काम मन नपरेर गठबन्धनभित्र खेल्न र सरकारलाई गाली गर्ने काम गरिरहेको टिप्पणी समेत गरेका थिए ।

एमालेले पछिल्लोपटक सत्तासहयात्री दल जसपा र जनमत पार्टीसहितका साना दलहरूसँग मिलेर वर्तमान गठबन्धन र सरकारमा फाटो ल्याउने प्रयास गरे पनि अहिले यो प्रयास सफल नहुने नेकपा माओवादी केन्द्रका एक नेताले बताए । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले जनमुखी काम गरीरहेको र ति कामबाट एमाले अत्तालिएर गठबन्धनमा फाटो ल्याउन च्याँखे थापी रहेको उनको भनाइ छ ।

सरकारप्रति गठबन्धनकै मुख्य सहयात्री नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरूसहित अन्य साना राजनीतिक दलहरुले सार्वजनिक रूपमै सरकारप्रति असन्तुष्टि जनाउँदै आएपनि मुलुक र जनताका लागि अर्को विकल्प झनै खराव हुने संस्थापनइतरका एक नेताले बताए । सरकार परिवर्तन भन्दापनि उसका कार्यशैली सुधारको बाटो रोज्नु उपर्युक्त हुने उनको भनाइ छ ।

गठबन्धनका मुख्य तीन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूले गठबन्धनभित्रका अन्य साना दलहरूलाई बेवास्ता गरेको भन्दै बेलाबेलामा सरकारबाट फिर्ता हुने चेतावनीसमेत दिँदै आएको अवस्थामा च्याँखे दाउ थाप्ने प्रयासमा रहेको संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले वर्तमान गठबन्धन सरकार पूर्ण रूपमा असफल भएकाले सरकारको विकल्प खोज्नुपर्ने भन्दै आएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले वर्तमान सत्ता गठबन्धन भत्काउनु देश र जनताको हितमा हुने बताए । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले माओवादीको सहयोगीमात्रै नभई मुख्य दलको हैसियतमा जिम्मेवारी बहन गर्नुर्ने उनको भनाइ छ । कांग्रेसले देश निर्माणको तहमा ठीक ढंगबाट जाऔं भन्ने हो भने एमालेको साथ रहने उनले बताए । 

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धन सरकार भर्खर काम गर्ने मेलोमा लागेकाले अहिले नै सरकार परिवर्तन र गठबन्धन फेरबदलको कुरा असम्भव रहेको बताए । उनले यो गठबन्धनलाई पाँच वर्ष सम्मै लगेर जनताका पक्षमा काम गर्नुपर्ने जिम्मेवारी भएकाले सधै राजनीतिक अस्थिरतामा मात्रै लाग्नु उचित हुदैन भन्ने कुरामा नेपाली कांग्रेस दृढ रहेको उनको भनाइ छ ।

सत्ता गठबनधनका अन्य नेताहरूले समेत गठबन्धनभित्र असन्तुष्ट रहेका केही साना राजनीतिक दलहरूसँग छलफल गरेर आगामी चार वर्ष यही गठबन्धनभित्रैका दलहरूले सरकार चलाउने र जनताका पक्षमा देखिने गरी काम गर्ने योजनाका साथ अघि बढेकोे बताउदै आएका छन् । 

२०७९ पुस १० मा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डमाथि सत्ता टिकाउन राजनीतिक दाउपेच र भागबन्डामात्रै केन्द्रित भएको एमालेले आरोप लगाउँदै आएको छ ।

एमालेले  प्रधानमन्त्री प्रचण्डको बदनाम गर्ने गरी आरोप लगाउँदै आएको भए पनि सरकारको एक वर्षे कार्यकालको अवसर पारेर मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्ना कमजोरी सच्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending