Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

गठबन्धनमा फाटो ल्याउने एमालेकाे याेजना दिवा स्वप्न सावित

मनाेज भट्टराई

काठमाडौं  । सत्ता गठबन्धनमा हलचल ल्याएर सरकार परिवर्तन सम्म जाने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को प्रयास असफल भएको छ । सत्तासीन केही राजनीतिक दलहरु र कांग्रेसको संस्थापन इतर समुहका नेताहरुलाई उचालेर गठबन्धनमा फटो ल्याउन थापेको च्याँखे असफल भएको हो । 

एमालेले सत्तारुढ दल जसपा, नेपाल र जनमत पार्टीलाई गठबन्धनबाट अलग गराएर सरकार परिवर्तनका लागि बनाएको योजना  तत्कालका लागि असफल भएको हो । त्यस्तै सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसको संस्थापन इतरसमुहका नेताहरुको सरकारप्रतिको असन्तुष्टिलाई अवसरकारुपमा लिएको एमालेले त्यो अबसर गुमाएको हो ।

सरकारको आलोचना गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिले नै गठबन्धन परिवर्तन र सरकार फेर बदलको कुरामा आफुहरु नलागेको बताएपछि एमालेको गठबन्धनलाई तहसनहस बनाउने योजना दिवा स्वप्न सावित भयो । सरकार फेरबदलले अस्थिरता मात्रै निम्त्याउने भएकोले कोही आएर केही नहुने यादवको भनाइ छ । उनले आफुहरुले सरकारले सच्चीएर जनताका पक्षमा काम गरोस मात्रै भनेको र गठबन्धनमा तोड्ने पक्षमा नरहेको बताए ।

तराई आन्दोलनका क्रममा संलग्न जसपाका नेताहरूलाई सरकारले मुद्दा लगाएपछि जसपाका नेताहरुले सरकारबाट बाहिरिने घुर्की लगाउँदै आएका थिए । यही मौकाको उपयोग गर्दै एमालेका नेताहरूले उपेन्द्र यादवसँग गठबन्धन सरकारको काम र मधेसका मुद्दाका विषयमा छलफलसमेत गरेका थिए । 

आठ दलीय सहयात्रामा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले बुधबार गोरखाको सुलिकोटमा स्थानीय सरकार र सरोकारवालासँगको अन्तरक्रियामा सत्ता गठबन्धन थप बलियो बन्दै गइरहेको र यो सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका थिए  । उनले जे जति षड्यन्त्र भए पनि गठबन्धन अझ बलियो हुँदै गएको र अझ सुदृढ हुँदै गएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका जनपक्षिय कामबाट अतालिएकाहरुलाई सरकारले गरेको राम्रो काम मन नपरेर गठबन्धनभित्र खेल्न र सरकारलाई गाली गर्ने काम गरिरहेको टिप्पणी समेत गरेका थिए ।

एमालेले पछिल्लोपटक सत्तासहयात्री दल जसपा र जनमत पार्टीसहितका साना दलहरूसँग मिलेर वर्तमान गठबन्धन र सरकारमा फाटो ल्याउने प्रयास गरे पनि अहिले यो प्रयास सफल नहुने नेकपा माओवादी केन्द्रका एक नेताले बताए । माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले जनमुखी काम गरीरहेको र ति कामबाट एमाले अत्तालिएर गठबन्धनमा फाटो ल्याउन च्याँखे थापी रहेको उनको भनाइ छ ।

सरकारप्रति गठबन्धनकै मुख्य सहयात्री नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरूसहित अन्य साना राजनीतिक दलहरुले सार्वजनिक रूपमै सरकारप्रति असन्तुष्टि जनाउँदै आएपनि मुलुक र जनताका लागि अर्को विकल्प झनै खराव हुने संस्थापनइतरका एक नेताले बताए । सरकार परिवर्तन भन्दापनि उसका कार्यशैली सुधारको बाटो रोज्नु उपर्युक्त हुने उनको भनाइ छ ।

गठबन्धनका मुख्य तीन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूले गठबन्धनभित्रका अन्य साना दलहरूलाई बेवास्ता गरेको भन्दै बेलाबेलामा सरकारबाट फिर्ता हुने चेतावनीसमेत दिँदै आएको अवस्थामा च्याँखे दाउ थाप्ने प्रयासमा रहेको संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले वर्तमान गठबन्धन सरकार पूर्ण रूपमा असफल भएकाले सरकारको विकल्प खोज्नुपर्ने भन्दै आएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले वर्तमान सत्ता गठबन्धन भत्काउनु देश र जनताको हितमा हुने बताए । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले माओवादीको सहयोगीमात्रै नभई मुख्य दलको हैसियतमा जिम्मेवारी बहन गर्नुर्ने उनको भनाइ छ । कांग्रेसले देश निर्माणको तहमा ठीक ढंगबाट जाऔं भन्ने हो भने एमालेको साथ रहने उनले बताए । 

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धन सरकार भर्खर काम गर्ने मेलोमा लागेकाले अहिले नै सरकार परिवर्तन र गठबन्धन फेरबदलको कुरा असम्भव रहेको बताए । उनले यो गठबन्धनलाई पाँच वर्ष सम्मै लगेर जनताका पक्षमा काम गर्नुपर्ने जिम्मेवारी भएकाले सधै राजनीतिक अस्थिरतामा मात्रै लाग्नु उचित हुदैन भन्ने कुरामा नेपाली कांग्रेस दृढ रहेको उनको भनाइ छ ।

सत्ता गठबनधनका अन्य नेताहरूले समेत गठबन्धनभित्र असन्तुष्ट रहेका केही साना राजनीतिक दलहरूसँग छलफल गरेर आगामी चार वर्ष यही गठबन्धनभित्रैका दलहरूले सरकार चलाउने र जनताका पक्षमा देखिने गरी काम गर्ने योजनाका साथ अघि बढेकोे बताउदै आएका छन् । 

२०७९ पुस १० मा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्तिको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डमाथि सत्ता टिकाउन राजनीतिक दाउपेच र भागबन्डामात्रै केन्द्रित भएको एमालेले आरोप लगाउँदै आएको छ ।

एमालेले  प्रधानमन्त्री प्रचण्डको बदनाम गर्ने गरी आरोप लगाउँदै आएको भए पनि सरकारको एक वर्षे कार्यकालको अवसर पारेर मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्ना कमजोरी सच्याउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाड...

आरजे इन्टरटनमेन्टले शुरुवातमै ल्यायो प्रियंकाको गीत

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर र...

तराईमा साउदी कतार जत्तिकै उच्च गर्मी, अझै केहीदिन ४० डिग्री आपसाप रहने

काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ ।  आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा म...

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies