काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम भएको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राप्रपा नेपालको मध्यमाञ्चल स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तन भएको १७ वर्ष पुगिसक्दा पनि जनता मालिक हुनुको सट्टा लोकतन्त्रको आवरणमा अहिले केही राजनीतिक दलहरुको सिन्डीकेटतन्त्र कायम भएको र प्रजातन्त्र बलियो हुनुको सट्टा सर्वसत्तावाद हावी भएको टिप्पणी गरेका हुन् । बिदेशी दबाब, प्रभाब र हस्तक्षेप बढेको भन्दै थापाले राष्ट्रबादी देशभक्त र प्रजातन्त्रबादी शक्ति एकठाँउमा आएर अहिलेको छाडातन्त्रको बिकल्प खोज्नुपर्नेमा जोड दिए।
उनले अहिले संघीय गणतन्त्र भ्रष्टतन्त्र र तस्करतन्त्रमा परिणत भएको भन्दै बिदेशी शक्तिहरुको चलखेल र प्रभाव तीव्र रुपले बढ्नुकासाथै नेपाल अन्तरराष्ट्रिय महाशक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनेको उल्लेख गरे ।
सरकारको अर्कमण्यता र गलत नीतिको कारणले देशको अर्थतन्त्र धरासायी बनेको बताए । अध्यक्ष थापाले संस्कृतिमन्त्री सुदन किरातीको क्रिष्चियन नमान्ने संविधानविरोधी हुन् भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ९४ प्रतिशत सनातन धर्ममा आस्था राख्नेहरुको विरुद्धको यो षड्यन्त्र र अपमान भएको उल्लेख गरे ।
अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोले देशलाई तहसनहस पारिरहेको भन्दै सनातन धर्म, संस्कृति र परम्परामाथि योजनाबद्ध र संगठित रुपले आक्रमण भइरहेको टिप्पणी गरे । उनले देशमा कायम रहेको संघीय धर्मनिरपेक्षता र गणतन्त्र असफल साबित भइसकेको दाबी समेत गरे । प्रशिक्षणमा क्षेत्र भित्रका केन्द्र ,जिल्ला,नगर र जनबर्गिय संगठन गरि दुई सय पन्ध्रको सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: