काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् ।
धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिका-४ हरैया चन्द्रपुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय ललन सहनी समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प २२०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीकाे भजनी नगरपालिका-३ मोरीयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ४० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-१ भुरुवा बस्ने २२ वर्षीय दिनेस चौधरी समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ५६५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिमकाे प्रतापपुर गाउँपालिका-२ गोपिगंजबाट अवैध लागूऔषध ब्राउनसुगर ९१ मिलिग्रामसहित बर्दघाट नगरपालिका-६ विद्युत बस्ने ३२ वर्षीय पुकार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले लु.६४ प ८८३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई पक्राउ गरेको हो ।
मोरङकाे बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ९ मिलिग्रामसहित सुनसरी दुहबी नगरपालिका-९ बस्ने ३० वर्षीय मो.सहबाज समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
कपिलवस्तुकाे शिवराज नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ सय ७० मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने २२ वर्षीय गोबिन्द कुमार चन्दलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरकाे गोदावरी नगरपालिका-३ चौकी डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २० मिलिग्रामसहित कृष्णपुर नगरपालिका-६ गजरौला बस्ने २६ वर्षीय राजेश लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई क्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-८ बस्ने २८ वर्षीय हरिश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ४७ मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...
श्रावण २० गते, २०८३ - १९:४४
गण्डकी । गण्डकी प्रदेशमा चालु वर्षको धान रोपाइँ लगभग सम्पन्न भएको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ९९ दशमलव ३९ प्...
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...



प्रतिकृया लेख्नुहोस्: