Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको घोषणा: ताइवानलाइ अलग हुन दिन्नौं

खबरडबली संवाददाता

बेइजिङ। चीन र ताइवानबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । यस विषयमा दुवै देशका प्रमुखले बयानबाजी जारी राखिरहेका छन । 

हालै जनवादी गणतन्त्र चीनका संस्थापक माओ त्सेतुङको १३०औँ जन्मजयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनसँग एकता गर्न आवश्यक रहेको र आफूले यसलाई कुनै पनि हालतमा अलग हुन नदिने दाबी गरेका छन् । 

सीएनएनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ यस्तो समयमा आएको हो, जब ताइवानमा अर्को महिना अर्थात जनवरी १३ मा राष्ट्रपतीय निर्वाचनको तयारीमा जुटिरहेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सो घोषणा पछि चीनले चुनाव अघि ताइवानमाथि मानसिक दबाब दिन खोजेको आशंका गरिएको छ । यसबाहेक उसले ताइवानलाई उक्साउने प्रयास पनि गरिरहेको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन ।

चीनले ताइवानमाथि आक्रमण गर्ने तयारी गरिरहेको बताइरहेको बेला ताइवानविरुद्ध सी जिनपिङको यी भनाइ पछि थप बल पुगेको छ । यसअघि पनि चीनले ताइवानको सामुद्रिक क्षेत्र नजिकै पटक पटक लडाकु विमान पठाएर ताइवानलाई उक्साउने प्रयास गरेको समाचार बाहिर आएका थिए ।

यसै वर्षको जुन महिनामा चीनले ताइवानको सामुद्रिक सीमामा ४४ किलोमिटर भित्र ८ वटा लडाकु विमान पठाएको थियो । यसबाहेक गत वर्ष सेप्टेम्बरमा १७ चिनियाँ विमान र चारवटा युद्धपोतले ताइवानको हवाई क्षेत्र उल्लंघन गरेको ताइवानको आरोप थियो ।

चीनको सम्भावित कारबाहीबाट समस्यामा परेको ताइवानले आफ्ना ४५ वटा सैन्य आधारमा एन्टी–ड्रोन प्रणाली जडान गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending