हैदाराबाद । अभिनेताबाट राजनीतिज्ञ बनेका विजयकान्तको बिहीबार निधन भएको छ ।
उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि सास फेर्न गाह्रो भएपछि उनलाई चेन्नईको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।
डीएमडीके पार्टीका संस्थापक विजयकान्त (७१) चेन्नईको एमआईओटी अस्पतालमा भर्ना भएको बताइएको छ । यहीँ उनले अन्तिम सास फेरे । उनको मृत्युपछि अस्पताल बाहिर सुरक्षा व्यवस्था बढाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
१९७९ देखी दक्षिण भारतीय फिल्म क्षेत्रमा सक्रिय बिजयकान्तले ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन । दक्षिण भारतीय सिनेममा ८०–९० को दशकमा उनले दर्जनौं हिट फिल्म दिएका थिए, जसमध्ये निरुत्तम, शक्तिमानजस्ता फिल्महरुलाई स्मरण गरिन्छ ।
अभिनेता विजयकान्तले २००५ मा देसिया मुरपोक्कु द्रविड कझगम पार्टी गठन गरेका थिए । डीएमडीके २०११ देखि २०१६ सम्म तमिलनाडुमा मुख्य विपक्षी दल थियो र विजयकान्त विधानसभामा विपक्षी नेता थिए।
सन २००५ मा विजयकान्तको पार्टी डीएमडीकेले तमिलनाडुका सबै २३४ सीटहरूमा चुनाव लडेको थियो। तर विजयकान्त एक्लै चुनाव जित्न सफल भए। बाँकी सबै सिटमा उनको पार्टीका उम्मेदवारले पराजय भोग्नुपरेको थियो । तर, उनको पार्टीले यस निर्वाचनमा ८.३८ प्रतिशत मत पाएको थियो ।
सन २०११ मा, विजयकान्तको पार्टीले ४१ सीटमा चुनाव लडे र २९ सिट जित्यो। यस चुनावमा जयललिताको पार्टी (एआईएडीएमके) पछि विजयकान्त विपक्षी नेता बने पछि डीएमडीके दोस्रो पार्टीको रूपमा उभिएको थियो। तर, त्यसपछि उनको पार्टीले २०१६ र २०२१ को विधानसभा चुनावमा एउटा सिट पनि जित्न सकेन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: