काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजको वर्गीय संरचना र अन्तर्विरोधलाई ध्यानमा राखेर पार्टी विधान निर्माण गर्दै त्यसलाई कार्यान्वयन गर्न सकिए मात्रै पार्टी सबल र सुदृढ बनाउन सकिने बताएका छन् ।
बुधवारबाट सुरु भएको सो पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले पार्टी बनाउँदा समाजको वर्गीय संरचना र अन्तर्विरोधलाई ध्यानमा राख्नुपर्ने बताएका हुन् ।
‘वर्ग पहिचान मुख्य कुरा हो । पार्टी काम कहाँ केन्द्रित गर्ने भन्नेमा ध्यान दिनुपर्छ । खास वर्गमा केन्द्रित गर्न सकेनौँ भने पार्टी बन्दैन । जसलाई क्रान्तिको आवश्यक छ त्यो ठाउँमा गयौ भने मात्र पार्टी बन्छ । जसलाई आवश्यक छैन उसलाई जति कन्याउनुस् पार्टी बन्दैन’, खनालले भने, ‘यो हिसाबले विधान बनाउँदा सोच्नुपर्छ ।’
उनले त्यस क्रममा पार्टीभित्रको जनवाद कसरी व्यवस्थित गर्ने भन्ने पनि सोच्नुपर्ने बताए । ‘हामी अहिलेको यो तदर्थ पार्टीलाई चाँडोभन्दा चाँडो महाधिवेशन गरेर संस्थागत गरेर निर्वाचित कमिटी निर्माण गरेर विधिसम्मत पार्टीमा रूपान्तरणमा जाँदैछौ’, खनालले भने, ‘सङ्गठनात्मक रूपमा पनि एकताबद्ध रूपमा यो पार्टीलाई विकास गर्नुपर्छ । पार्टीभित्र कुनै पनि विषयमा व्यापक छलफल गरौँ, नडराउ ।’
कम्युनिस्ट पार्टी बहसविना नचल्ने र नबन्ने भन्दै बुद्धको पालामा पनि बहस छलफल हुने गरेको स्मरण गराए । बहस र छलफलबाट पार्टी नभाग्ने भन्दै खनालले कार्यकर्ताहरूलाई किन आकर्षण गर्न सकेनौ भन्ने विवेचना गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...
श्रावण २० गते, २०८३ - १९:४४
गण्डकी । गण्डकी प्रदेशमा चालु वर्षको धान रोपाइँ लगभग सम्पन्न भएको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ९९ दशमलव ३९ प्...
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...



प्रतिकृया लेख्नुहोस्: