Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ: अर्थमन्त्री

खबरडबली संवाददाता

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएको छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएको हो ।

अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उनले भने, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए। 

अर्थमन्त्रीले भने, “लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।” उनले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गरे।

सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्रीले भने, “घरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक  भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ ।” अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उहाँले आह्वान गरे । विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उनले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको दोहोर्याए ।  

राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उनले बताए। उनले भने “नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ ।” असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ । “बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ”, अर्थमन्त्रीले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending