Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

मध्यपहाडको संकल्प यात्रामा जनताको अभुतपूर्व समर्थन प्राप्त भएको छ : शंकर पोखरेल

खबरडबली संवाददाता


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प अभियानले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको बताएका छन ।

केन्द्रीय प्रचार तथा प्रकाशन बिभागको आज बसेको बैठकमा बोल्दै महासचिव पोखरेलले यात्रामा जनताको अभूतपूर्व समर्थन प्राप्त भएको निश्कर्ष सुनाएका हुन ।

‘एमालेको संकल्प यात्राले जनताको अभुतपूर्व समर्थन प्राप्त गरेको छ, एक हिसावमा भन्दा जसरी जनताको समर्थन प्राप्त भयो, त्यसहिसाववमा यो यात्राले सिंगो नेपाललाई जोडने काम गरेको छ,’ बैठकमा महासचिव पोखरेलको भनाई उधृत गर्दै प्रेस चौतारी नेपालका अध्यक्षसमेत रहेका बिभाग सदस्य गणेश बस्नेतले भने । बस्नेतका अनुसार महासचिव पोखरेलले बैठकमा महासचिव पोखरेलले यात्राको बिषयमा समग्र पाटोबारे जानकारी गर्दै बिश्लेषण राखेका थिए

‘संकल्प यात्रा सोचेभन्दा प्रभावकारी बन्यो । यात्राका प्रभाव मूल्यांकन र सन्देश प्रवाह त्योभन्दा महत्वपूर्ण हुन्छ भन्ने महासचिव पोखरेलको भनाई थियो । ‘आन्तरिक रुपमा जसरी एकतावद्ध एमाले थियो, नेतृत्वप्रति जुन बिश्वास थियो, बाहिर अलिअलि बिरोध र आरोपहरु थिए, अर्थात बाहिर सिंगो पार्टीको नेतृत्वलाई सुदृढ गर्न सकिएको थिएन । तर यो यात्राले नेतृत्वप्रति जनताको अगाध आस्था, बिश्वास छ भन्ने प्रमाणित गरेको छ,’ महासचिव पोखरेलको भनाई थियो, ‘अव बुझाइमा रहेको भिन्नता तोडिएको छ ।

यात्राको सवभंदा ठुलो सफलता आन्तरिक रुपमा यो हो । पार्टी पनि सुदृढ भको छ नेतृत्वको मामलामा । जनता र कार्यकर्तासंगको सम्बन्ध सुदृढ भएको छ । यात्राका क्रममा आफना मान्यताहरूलाई सफल कार्यान्वयन गरेको छ ।’ 

महासचिव पोखरेलले यात्राले अवको राजनीतिक एजेण्डा बिकास र समृद्धि भएको तथ्यलाई पनि स्थापित गरेको बताए । ‘अबको राजनीतिकको मूल अजेंडा बिकास र समृद्धि हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ,’ पोखरेलले भने, ‘यात्रामा नजोडिएकाहरूले पनि यात्राको खुलेर प्रसंशा गरे । तीन साता एमालेको एजेण्डा वरीपरी राष्ट्रिय राजनीतिलाई केन्द्रित गरेको छ ।’  

एमालेको संकल्प यात्राले प्रतिगमनकारी र ब्यवस्थाबिरोधीको योजनालाई धुजाधुजा पारेर च्यातिदिएको निश्कर्ष पनि महासचिव पोखरेलले सुनाएका थिए । ‘धर्मको राजनीति, जातीय अतिवादप्रति जनता छैनन भन्ने प्रमाणित गरेका छन, प्रतिगामीको योजना चकनाचुर बनेको छ,’ महासचिव पोखरेलले भने । 

यस्तै उनले मुलुकको साँस्कृतिक बिबिधतालाई यात्राले जोडने काम गरेको पनि बताएका छन । ‘साँस्कृतिक बिबिधता एकै पटक पोखियो नेपालको । नेपाल चिनाउने संस्कृतिक आधार छ । आफनो सांस्कृतिक पहिचानसहित एमालेको कार्यक्रममा सहभागी हुने कुरा ऐतिहासिक रह्यो,’ पोखरेलले भने । यस्तै मध्यपहाडमा स्वत:स्फुर्त रुपमा आफनो उत्पादनबारे किसानले परिचय गराउने काम गरेको दावी गरेका थिए ।

महासचिव पोखरेलले १८ दिनको यात्रामै आफूहरु मध्यपहाडी क्षेत्रका जनताका सरोकारहरूलाई संकलन गर्न सफल भएको निश्कर्ष पनि सुनाएको बस्नेतले बताए । यात्राले त्यस क्षेत्रका बिकासका कामबारे पनि आफूहरुको सिंगो टीम जानकार भएको वोखरेलको भनाई छ । ‘मध्यपहाडी लोकमार्गलाई राजमार्गको रूपमा बिकास गर्न ध्यान केन्द्रित गर्न साकिएको रहेनछ भन्ने अनुभूति भएको छ,’ उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending