Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

रोज राणाले लिए मन्त्री पदको शपथ

खबरडबली संवाददाता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सभाका सदस्य सरोज थापा (रोज राणा)ले वाणिज्य तथा यातायात व्यवस्थामन्त्री शपथ लिएका छन् ।

आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले थापालाई मन्त्री पदका शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिस र उपस्थितिमा थापाले शपथ लिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । थापा प्यूठान जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले प्यूठानमा ३१ वर्षपछि प्रतिस्पर्धीलाई पराजित गरेर कांग्रेसलाई जिताउन सफल भएका छन् ।

मन्त्री पदको शपथ लिएका प्रदेश सभा सदस्य थापा नेपाली चलचित्र क्षेत्रका चर्चित व्यक्ति पनि हुन् । थापा चलचित्र निर्देशक, अभिनेता र निर्माता पनि हुन् । उनले टक्का दुई मुटुको, खलनायक, दादागिरी, दोस्ती, डन, म छु नी तिम्रो, मेरो पैसा खोई ? चलचित्र निमार्ण गरेका हुन् ।

शपथ लिएसँगै मन्त्री थापा पदभार ग्रहण गर्न लुम्बिनी प्रदेशको राजधानी देउखुरी प्रस्थान गरेका छन् ।

को हुन् सरोज थापा ?
४१ वर्ष अगाडि प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. ८, गेजबाङमा जन्मिएका हुन्, सरोज थापा (रोज राणा) । बुबा स्व.खड्गबहादुर थापा र आमा मनकुमारी थापाको कोखबाट विक्रम संवत् २०३९ साल असोज २० गते जन्मिएका उनी कान्छो छोरा हुन् ।

उनका दाई स्व.सञ्जय थापा, दिदीहरु सरिता पोखरेल, सोफिया राणा, सुष्मा थापा र सीमा पाण्डे रहेका छन् । उपमा केसीसँग विवाह गरेका उनका दुई छोराहरु रेदान्स रोज थापा र रेभान्स रोज थापा रहेका छन् ।

विक्रम संवत् २०५४ सालमा उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । त्यसपछि राजनीतिक यात्रा शुरु गरेका उनी नेपाल विद्यार्थी संघ (नेविसंघ)को जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं. २ को क्षेत्रीय सभापति दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

विक्रम संवत् २०७९ सालको मंसिर ४ गते भएको निर्वाचनमा उनी प्यूठान जिल्लाको प्रदेश सभा क्षेत्र नं. २ बाट लुम्बिनी प्रदेश सभा सदस्यमा २२ हजार ५ सय १९ मत ल्याएर अत्याधिक मतअन्तरले निर्वाचित भएका हुन् । उनले पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले)का प्रदेशसभा सदस्यका उम्मेदवार हरि रिजाललाई १७१२ मतको अन्तरले पराजित गरेका हुन् । ३१ वर्षपछि प्यूठान जिल्लामा निर्वाचन जितेर कांग्रेसको साख फर्कान उनी सफल भएका छन् । उनी युवाहरुका बीच लोकप्रिय मानिन्छन् ।

राजनीतिका साथसाथै उनले चलचित्र निर्माण पनि गरेका छन् । ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ ?’ उनले निर्माण गरेका चलचित्र हुन् । उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशन समेत गरेका छन् । ‘म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रमा उनी नायक बनेर अभिनय गरेका छन् ।

उनी नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष बनेका थिए । यी तीन वटै पदमा सर्वसम्मत भएका थिए । उनले युरोपका अधिकांश देशका साथै कोरिया, दुबई, कतार, भारत लगायतका देशको भ्रमण गरेका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending