काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत् विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताएका छन्।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेता महरले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनताको म्यान्डेटबाट चुनिएर संसद्मा गएका नेता र मन्त्रीबाट अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि कुनै हालतमा स्वीकार्य नहुने बताए।
'सरकार अध्यादेशको भरमा चल्नु राम्रो होइन, यो मुलुकका लागि खतरा हो। वर्तमान सरकारकै केही मन्त्रीले जनताको म्यान्डेटलाई कुल्चिएर अध्यादेशमार्फत विधेयक ल्याएर सरकार चलाउने कुरा गरिरहनु भएको छ। यो स्वीकार्य हुँदैन,' उनले भने। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक केही मन्त्रीले उक्त अभिव्यक्ति दिएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको एक वर्ष पुग्दा पनि सरकारले अझैँ गति लिन नसकेको महरको टिप्पणी छ। 'सरकारले युवाको पक्षमा काम गर्नुपर्थ्यो। त्यो हुन सकेको छैन। युवाहरूमा चरम निराशा बढ्दो छ। दिनहुँ एयरपोर्टमा बिदेसिने युवाको लर्को थपिँदो छ। सरकारले युवाहरूको समस्या समाधानमा गम्भीर बन्नुपर्छ', उनले भने।
नेपाली कांग्रेस गठबन्धनको सबै भन्दा ठूलो दल भएकाले बाटो बिराइरहेको सरकारलाई सुध्रिन दबाब दिनुपर्ने बेला आइसकेको उनले औंल्याए। अहिलेको राजनीतिमा जनताले कृष्णप्रसाद भट्टराई जस्तो सन्त नेता खोजिरहेको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा उनको योगदानको स्मरण गर्दै नेता महरले किशुनजीबाट आदर्शपूर्ण राजनीति सिक्नुपर्ने बताए।
'उहाँले प्रधानमन्त्रीका रूपमा बाहिरिँदा एक कमण्डलु। एक छाता र बैसाखी बोकेर बाहिरिएको इतिहास हामीसामू छ। राजनीति जनताका लागि गर्ने हो। अहिलेका राजनीतिज्ञले किशुनजीको यो आदर्शबाट पाठ सिक्नुपर्छ,' उनले भने। नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं. १९८१ सालमा जन्मिएका थिए भने उनको २०६७ निधन भएको थियो।
युवा अवस्थामै भट्टराई २०१५ सालमा नेपालको पहिलो संसद्को पहिलो सभामुख चुनिएका थिए। उनी २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुन:स्थानासँगै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएर निर्धारित एकवर्षमै संविधान बनाउन सफल भएका थिए।
वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा सक्रिय रूपमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर र उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरको जिम्मेवारी सम्हालेका थिए।
२०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसले भावी प्रधानमन्त्री भनेर भट्टराईलाई निर्वाचनको मुख्य आकर्षण बनाएपछि उनी पर्सा एकबाट विजयी भई छोटो समय प्रधानमन्त्री भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...
आषाढ़ ११ गते, २०८३ - २०:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...
आषाढ़ ११ गते, २०८३ - १९:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...
आषाढ़ ११ गते, २०८३ - १९:४७
काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...
आषाढ़ ११ गते, २०८३ - १९:४३
काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...
आषाढ़ ११ गते, २०८३ - १९:३६
पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...
आषाढ़ ११ गते, २०८३ - १९:३४
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबार आह्वान भएको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेद्वारा हस्त...
आषाढ़ ११ गते, २०८३ - १९:२३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछाने विरुद्धको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा साउन २१ गतेका लागि साधारण तारिख तोकेको छ। अदालतका सूचना...
आषाढ़ ११ गते, २०८३ - १९:२१
काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधा...
आषाढ़ ११ गते, २०८३ - ०९:२९
काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...



प्रतिकृया लेख्नुहोस्: