Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

चिसो बढेसँगै सुनसान बन्दै उपल्लो मुस्ताङ

खबरडबली संवाददाता

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङका स्थानीयवासिन्दा चिसो छल्न बेंसी झर्न थालेका छन् । दैनिकजसो चिसो बढ्दै जान थालेपछि मुस्ताङवासी चिसो छल्न र त्यसबाट बच्नका लागि बेंसीतर्फ झरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै ८० प्रतिशत स्थानीयवासी चिसो छल्न बेंसी झरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

यसैगरी तल्लो मुस्ताङबाट पनि ५० प्रतिशतको हाराहारीमा स्थानीय सर्वसाधारणहरु चिसो छल्न बेंसी झरिसकेको उनले जानकारी दिए । अहिले पर्यटनका लागि अफसिजन भएकाले पनि मुस्ताङीहरु बेंसी झरेका हुन् ।

बेंसी झरेका मुस्ताङीले घर तथा होटलमा घरकुरुवा राखेर आफूहरु बेंसी झरेका छन् भने लेकलेकमा रहेका भेडीगोठहरु समेत घरको छेउछाउमा सारेका छन् । अहिले उपल्लो मुस्ताङमा घर कुर्ने कामदारहरु, भेडा गोठाला र बुढाबुढी मात्रै छन् ।

विगतको समयमा कात्तिक महिनामै बेंसी झर्ने गरेका मुस्ताङीहरु यसपटक भने कोरला नाका खुलेपछि उनीहरु बेंसी झर्न ढिलाई भएको थियो । उपल्लो मुस्ताङमा गएको असोज अन्तिम हप्तादेखि नै चिसो बढ्न थालेको थियो ।

अहिले मुस्ताङको तापक्रम दिनप्रतिदिन घट्दै गैरहेको छ । चिसो छल्न बेंसी झरेका मुस्ताङीहरु माघ महिनासम्म मध्य नेपालको विभिन्न जिल्लासहित छिमेकी देश भारतसम्म पुगेर घुम्ती व्यापार गर्ने गर्दछन् ।

उनीहरुले मुस्ताङमा उत्पादित दैनिक उपभोग्य एवं चिनिया सामानहरु समेत बिक्री गर्छन् । चिसो छल्न बेंसी झरेका मुस्ताङीहरु गर्मीयाम सुरु भएपछि फागुन, चैत महिनामा मात्रै जिल्ला फर्किने गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending