काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।। आयोगका अनुसार कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । ‘सोही बमोजिम प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो’, निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ ।
अयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम बमोजिम यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित गरिने छ । प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ आयोगले जनाएको छ
पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...
पौष १६ गते, २०८२ - १४:४०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको सूचीमा भएका त्रुटि सच्याइने बताए...
पौष १६ गते, २०८२ - १४:०६
सुलीकोट। गोरखाको बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना। ५ ख। ९२७१ नम्बरको ट...
पौष १६ गते, २०८२ - १३:५८
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएको छन्। ...
पौष १६ गते, २०८२ - १३:३५
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्। यससँगै प्रदेश सरकार मुख्यमन्त्र...
पौष १६ गते, २०८२ - १३:२५
कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने अदालतमा तारिख बुझ्न पोखरा आइपुगेका छन्। अदालतका सूचना अधिकारी रामबहादुर किसान भ...
पौष १६ गते, २०८२ - १३:०३
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। उनले मेलमिलाप दिव...
पौष १६ गते, २०८२ - १२:५०
विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी चुनाव लड्न नपाउने भनी सामाजिक स...
पौष १६ गते, २०८२ - ११:५०
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नभएको बताएका छन्। मन्त्री...
पौष १६ गते, २०८२ - ११:३६
मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन स...




प्रतिकृया लेख्नुहोस्: